न्यु खिम्ती सबस्टेसनको बिजुली रामेछापमा जोडिने

323
views

रामेछाप, २८, जेठ । रामेछाप जिल्लामा न्यु खिम्ती सबस्टेसनको लाइन जोडिने भएको छ । न्यु खिम्ती सबस्टेसनको लाइन रामेछाप जोड्ने तयारी अन्तिम चरणमा पुगेको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए ।

शुव्रmबार साँझ रामेछाप सदरमुकाम मन्थली बजारमा जडान गरिएको स्मार्ट सडकबत्ती र हाइमास्ट बत्तीको उद्घाटन गर्दै कार्यकारी निर्देशक घिसिङले न्यु खिम्तीको काम सम्पन्न हुने चरणमा पुगेको जानकारी दिए ।

रामेछापको मन्थली नगरपालिका–१३, फुलासीमा निर्माण गरिएको उक्त सबस्टेसनको क्षमता २२०÷१३२, १३२÷३३ र ११ केभीको छ । न्यु खिम्ती सबस्टेसनको विद्युत् आपूर्ति भएपछि रामेछापमा पटक पटक बत्ती आउने जाने लगायतको समस्या अन्त्य हुने र विद्युतीय उपकरणमा हाइभोल्टेजका कारण हुने क्षति पनि कम हुने घिसिङले बताए ।

“अहिले रामेछापमा उत्पादन भएको विद्युत् ढल्केबर, काठमाडौँलगायतका ठाउँमा पुग्ने र ढल्केबरको बिजुली फेरि रामेछापले बाल्नुपर्ने बाध्यता छ, अब यो बाध्यता सधैँका लागि अन्त्य हुन्छ,” उनले भने ।

रामेछाप जिल्लाका सबै ठाउँको विद्युत् समस्या अन्त्य गर्न रामेछाप जिल्लाका विभिन्न छ स्थानमा सबस्टेसन निर्माण गरिएको र त्यसको उद्घाटन गर्ने तयारी भइरहेको छ ।