सुन प्रकरणबारे छानविन गर्न समिति गठन

312
views

काठमाडौं, ४, साउन । । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा भित्रिएको सुन प्रकरणबारे छानविन गर्न ७ सदस्यिय छानविन समिति गठन भएको छ । भन्सार विभागले छानबिन समिति गठन गरेको हो ।

विभागले बिहीबार विभागको अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेलको नेतृत्वमा ७ सदस्यीय छानबिन समिति गठन गरेको सूचना अधिकारी पूण्यविक्रम खड्काले जानकारी दिए ।

निर्देशक खड्काले सुन तस्करी प्रकरणमा राजस्व अनुसन्धान विभागले अनुसन्धान गरिरहेको र भन्सार कार्यालयका कर्मचारीको आन्तरिक त्रुटि वा गल्तीले सुन भित्रिएको आशंकामा अनुसन्धान गर्न छानबिन समिति गठन भएको बताए ।