सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घट्यो

116
views

काठमाण्डौ, ५, साउन । सुनको भाउ आज तोलामा ८ सय रुपैयाँले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा एक लाख १२ हजार ८ सय रुपैयाँ कायम भएको छ । हिजो एक लाख १३ हजार ६ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको पनि भाउ घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ८० रुपैयाँमा कारोबार भैरहेको छ । चाँदीको भाउ हिजो तोलामा एक हजार चार सय ९५ रुपैयाँ थियो ।