एनआरएनए अध्यक्षका दाबेदार बुद्धी गुरुङ्गले सार्वजनिक गरे आफ्ना प्रतिवद्धता

734
views

इन्दिरा तिवारी
पर्वत, ८, साउन । एनआरएनए दक्षिण कोरियाको लागि चुनावी अभियानमा होमिएका उम्मेदवारहरु यतिबेला आफ्नो पक्षमा मत मागिरहेका छन् ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको आगामी कार्यकालको नेतृत्वका लागि अध्यक्षमा तीन जनाको उम्मेदवारी परेको छ । बुद्धि गुरुङ, विपीन कुमार गुरुङ र सञ्जीव कुमार राईको अध्यक्ष पदमा उम्मेदवारी परेको हो ।

स्वतन्त्रबाट उम्मेदवारी दिएका बुद्धी गुरुङ्गले आगामी कार्यकालका लागि आफ्ना महत्वपूणर् प्रतिवद्धताहरु सार्वजनिक गरेका छन् ।

हरेक शनिवार र आइतवार तथा रातो विदामा राजदुतावास खोल्नका लागि पहले गर्ने उनको पहिलो प्राथमिकता रहेको छ ।

उनले भिसा अवधी सकेर बसेका नेपालीहरुको पासपोर्टको म्याद सकेमा पासपोर्ट बनाउन पाउने नियमका लागि पहल गर्ने, नेपाली भाषामैत्री विद्यालय स्थापनार्थ सम्बन्धित निकायसँग समन्वय गर्ने भनेका छन् ।

यस्तै कोरियामा बेलाबखतमा हुने गरेका नियम कानून परिवर्तनका बारेमा नेपालीमा नै यथासिघ्र जानकारी गराउने, नेपाली विद्यार्थीहरुको उच्च शिक्षाका लागि आकर्षक गन्तव्य बनिरहेको कोरियामा उनीहरुको समस्या पहिचान गरी समस्या समाधानका लागि योजना कार्यान्वयन गर्ने गराउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

अध्यक्ष गुरुङ्गले नेपाल प्राकृतिक तथा सांस्कृतिक पर्यटनको उच्च सम्भावना रहेको र नेपाल घुम्नैपर्ने उत्कृष्ठ गन्तव्यको रुपमा चिनाउन कोरियामा विभिन्न कार्यक्रमको पहल गर्ने, कोरियामा रहेका विभिन्न नेपाली संघ संस्थाहरुसँग सम्न्वय गर्दै विभिन्न सांस्कृतिक प्रर्वद्धनका लागि नेपाल सांस्कृतिक केन्द्रको स्थापना गर्ने प्रतिवद्धा गरेका छन्

गुरुङ्गले नेपालमा कृषि तथा औधोगिक क्षेत्रमा आधुनिककीकरण तथा लगानीमा वृद्धि गरी राष्ट्रको अर्थतन्त्र तथा रोजगारीको सिर्जनामा विशेष पहल गर्ने, उच्च हवाइ भाडादरले श्रमिक तथा विद्यार्थी वर्गमा पर्न गएको आर्थिक भारलाई ध्यानमा राख्दै नेपाली ध्वाजावाहक सिधा उडानको लागि सम्बन्धित निकायहरुमा विशेष पहल गर्ने बताएका छन् ।

उनले भाषागत समस्या, कानूनी परामर्श एवं नेपाली श्रमिकसँग सम्बन्धित समस्याको समाधानका लागि क्षेत्रीय संस्थाहरुसँग सहकार्य गरी अनलाईन हेल्पडेष्कको स्थापना गर्ने र खेलकुद विभाग खडा गर्ने र त्यसअन्र्तगत पर्ने सबै खालका खेलकुद समेट्ने हरेक खेलको एनआरएनए टिम तयार गरी खेलकुद कार्यक्रम तथा विशेष तालिमको व्यवस्था गर्ने साथै नेपाल सरकारको मातहतमा आयोजा हुने प्रतियोगिताहरुमा खेलाडीहरुलाई कोरियाबाट सहभागिता गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

एनआरएनमा राजनीतिक हस्तक्षेप बढेको आरोप आइरहेका गुरुङ्गले यि प्रतिवद्धता पुरा गर्न आफुलाई मत आउने विश्वास समेत व्यक्त गरेका छन् ।