कोरिया बसेको ३३ बर्षपछि एनआरएनए अध्यक्षमा बुद्धी गुरुङ्ग किन ?

428
views

नम्रता लामिछाने
पर्वत, ९, साउन । कास्की जिल्लाको गहटेमा जन्मेका बुद्धी गुरुङ्गले बिगत ३३ बर्षदेखि कोरियालाई कर्मथलो बनाए । दुई कार्यकाल रोटरी कल्वको अध्यक्ष र ब्यावसायि संघको अध्यक्ष भई अनुभव लिएका उनले आर्थिक रुपमा सबल, पारिवारीक जीवनको व्यवस्थापनसँगै समाजसेवालाई प्राथमिकतामा राखे ।

दक्षिण कोरियामा चारवटा रेस्टुरेन्टका सञ्चालक रहेका गुरुङको ब्यक्तिगत जीवन व्यवस्थित भैसकेको छ । अब उनले समाजसेवामा समर्पित हुने अठोट गरेका छन् । समाज सेवा गर्ने उनको हुटहुटीको परिक्षा जुलाई २९ र ३० मा सम्पन्न हुने एनआरएनए दक्षिण कोरियाको निर्वाचन हो ।

बुद्धी गुरुङ्गका अगाडी यतिका बर्षसम्म एनआरएनएमा नआएर अहिले आउनुको कारण के हो ? धेरैले प्रश्न गर्ने गरेका छन् । आँफु आर्थिक रुपमा सवल भएर समाजसेवामा लाग्ने प्रण गरेको हुनाले यतिका बर्षपछि एनआरएनएमा आएको बताउँछन् । मतदाताले न्याय गर्नेमा उनी विश्वस्त छन् ।

विगत तिन दशक लामो कोरिया बसाइँमा श्रमिक भएर बाँचेको बताउने उनले विदेशमा नेपालीले भोग्ने हरेक समस्याको पहिचान गरेको सुनाउँछन् ।

हरेक नेपालीको समस्यामा आफुले गरेर हुने र सक्ने ठाउँमा उत्पन्न समस्याहरुमा मल्हम बनेर समाधान गर्ने प्रयास गरिरहेको छु, उनले भने ‘देश छोडेर प्रदेश पसेपछि भोग्नुपर्ने सम्पुणर् अभाव दुःख पीडा गाह्रो अफ्ठ्यारो सबै भोगेर तिनै गाह्रो अफ्ट्यारोहरुलाई आफ्नो सिढीँ बनाएर यहाँसम्मको यात्रा तय गरेको हुँ ।’

विदेशमा श्रमिकले भोग्नुपरेका समस्या, विद्यार्थीका समस्या, बिना भिसा रहनुपर्ने बाध्यतामा रहेका श्रमिकका समस्यालाई नजिकबाट देखेका उनले आर्थिक रुपमा सवल भएकोले समाजसेवा गर्ने आफ्नो चाहानलाई न्याय गरिदिन आम मतदाता समक्ष आग्रह गरेका छन् ।

अध्यक्ष पदमा बुद्धि गुरुङलाई नै भोट किन ?
दक्षिण कोरियाका सम्पुणर् श्रमजीवी, विधार्थी, खेलप्रेमी तथा अप्ठ्यारोमा परेकाहरुको लागि एक उदाहरणिय असल ब्यक्ति- बिगतदेखी वर्तमानसम्म एकनासले निरन्तर समाजसेवामा प्रतिबद्ध भएकोले, प्रवासी नेपालीहरुका समस्यामा जुनसुकै दिन जुनसुकै समयमा सम्पर्क गर्दा सक्दो सहयोग गर्दै आएका कुशल तथा मनकारी व्यक्ति, सार्वजनिक पदमा नरहँदा पनि सम्पुणर् नेपाली साथै नेपाली समाजसँग नजिकबाट परिचित र सबैलाइ समान दृष्टिले हेर्दै, परदेशमा घटेका कयौं घटनालाई सहजीकरण गरेको हुँदा अध्यक्षमा गुरुङ्गलाई मतदान गर्नुपर्ने अधिकाँश मतदाताको भनाई छ ।

उनलाई नजिकबाट नियाल्नेहरु भाषण भन्दा आफ्नो काम र कर्तव्यबोध गर्दै समाज रुपान्तरणमा अग्रगामी सोच भएको ब्यक्ति, परिपक्व उमेरसंगै परिपक्व साेंच र परिवर्तनशिल उचाई केही नयाँ गरौं जसले आजको आवश्यकतालाई सम्बोधन गरोस् भनेर आफ्नो पाईला निरन्तर नयाँ दिशामा सारिरहेको ब्यक्ति र मेहनत परिश्रम र पसिना बुझेको ब्यक्ति भएको प्रवासी नेपालीहरुको बुझाइ रहेको छ त्यसकारण बुद्धी गुरुलाई नै अध्यक्षमा जिताउनुपर्ने कोरिया बस्दै आएका भवि पौडेलको भनाई छ ।

एनआरएनए संस्थालाई राजनीतिक थलो बनाइरहेका बेला स्वतन्त्रबाट उम्मेदवारी दिएका कारण आगामी दिनमा राजनीतिबाट संस्थालाई स्तवतन्त्र बनाउने बनाउने प्रण लिएको बुद्धी गरुङ्गको भनाई छ ।

गुरुङ्गलाई कास्की समाज दक्षिण कोरिया, तमु धिं दक्षिण कोरिया, पर्वत समाज दक्षिण कोरिया लगायतका कोरियामा रहेको विभिन्न संघ संस्थाले सहयोग गर्दै आएको पर्वत समाज दक्षिण कोरियाका अध्यक्ष नविन पराजुलीले बताए ।