इप्रका भीमगिठेका बरिष्ठ सई होटलमा मृत फेला, होटल सञ्चालक आमा-छोरा पक्राउ

2520
views

पर्वत, ९, साउन । पर्वत घर भएका इलाका प्रहरी कार्यालय भिमगिठे बाग्लुङका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।

बडिगाड गाउँपालिका– ६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताईन् ।
‘प्रहरी चौकी खारको टोलीलाई लिएर पौडेल गष्तीमा निस्केको र राति १० बजे उनीहरुलाई कार्यालय पठाई आफू भीमगिठे जाँदै गर्दा होटलमा खाजा खान पसेको प्रारम्भीक अनुसन्धानले देखाएको छ ।

सिडिओ श्रेष्ठका अनुसार ‘होटेलको तल्लो तलामा पर्दाको पासो लगाएर झुण्डिएको अवस्थामा देखेपछि साहुनीको छोराले पासो काटेको भन्ने खबर आएको छ ।’ उनका अनुसार प्रहरीले होटल सञ्चालक आमा र छोरालाई नियन्त्रणमा लिएको छ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी योगेशकुमार खड्काको टोली घटनास्थल प्रस्थान गरेको वताइएको छ ।