एनआरएनए कोरियाको उपाध्यक्षमा मजदुरलाई साहु बनाउने सपना बोकेका कुँवरको चर्चा

600
views

नम्रता लामिछाने
पर्वत, ११, साउन । यहि जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ (एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको सरगर्मी वढेसंगै कोरियामा रहेका नेपाली जनसमुदायमाझ गिरिबहादुर कुँवरले उपाध्यक्ष पदमा उम्मेदवारी दिएपछि चुनावी रौनक बढेको छ ।

गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष (२०२३–२०२५) का लागि सजिलैसँग सबैसँग घुलमिल हुनसक्ने क्षमता, इमान्दारिता, पारदर्शिता र दूरदर्शी सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता कुँवरले थुप्रै संघ–संगठनमा नेतृत्व गरिसकेका छन् ।

कुँवरसँग नेपाल पत्रकार महासंघ दक्षिण कोरिया, जनसम्र्पक समिति दक्षिण कोरिया, नेपाली सम्र्पक समिति, चितवन सम्र्पक समिति, लगायत विभिन्न सामाजिक संघ–सस्थाहरुमा उनले नेतृत्वको भूमिका निर्वाह गरिसकेको अनुभव छ ।

पछिल्लो समय वरिष्ठ पत्रकार विजय कुमारले गर्ने गरेको आलोचनात्मक चेतको विषय हाल एनआरएन कोरियाको उपाध्यक्ष पदको उम्मेदवार गिरीबहादुर कुँवरमा पनि लागू भएको छ । आफ्नो मनमा लागेको कुरा बोल्ने, कोही रिसाउँछ वा खुशी हुन्छ भन्ने कुराको लेखाजोखा नगर्ने, सत्य के हो भन्ने कुराबाट निर्देशित हुने, सत्कर्म गरिरहने र जतिसुकै नजिकको साथी भएपनि सत्य कुरामा मत विभाजन हुँदा सही कुरालाई छान्ने विशेषताले गर्दा उनका पक्षधरसँगै विरोधी पनि छन् ।

सन् २००४ मा कोरिया प्रवेश गरेका कुँवर बिगत ७ वर्षदेखि रेष्टुरेण्ट व्यवसाय सञ्चालन गरेका छन् । एनआरएनको बिगतका अधिवेशनहरुमा उनको उम्मेदवारीको चर्चा चल्दै सेलाउँदै नगरेका पनि होइनन् । तर, यसपटक भने उनको उम्मेदवारी उपाध्यक्ष पदमा कायम रहेको छ ।

कोरियामा आएर मजदुरी गर्ने नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई साहु बनाउने सपना बोकेका कुँवरले उम्मेदवारी घोषणा गरेपछि झनै चर्चा चुलिएको छ । साहु बनाउने सपना बोकेको भनदै उनका आलोचकहरुले गरेको आलोचना गर्नेहरुलाई उनको एउटै भनाइ छ, हरेक दृष्टिकोणमा आलोचनात्मक चेत राख्न पाइन्छ ।

आफ्नो भनाइलाई एनआरएनए मार्फत कोरियामा बसुन्जेल मेहनत गरि कमाएको रकमलाई सदुपयोग गरि नेपाल फर्केर पुन कोरिया नआए पनि हुने किसिमले नेपालमै स्वरोजगारको वातावरण बनाउन जरुरी रहेको उनले बताए । हिम्मत समेत राख्न जरुरी छ ।

कोरिया प्रवेश गरेपछिका दिनहरुमा धेरैभन्दा धेरै मजदुर साथीभाइहरुको सँगत गरेको र ती साथी भाइहरुकोसँगको सँगत नै आफ्नो जिन्दगीको ठूलो उपलब्धि ठान्ने उनले मजदुरको समस्यालाई समाधान गर्नको लागि इच्छाशक्तिको मात्र आवश्यकता रहेको बताए ।