एनआरएनए कोरियाको चुनावी माहोल तात्यो, अभियान्ता बज्युको पक्षमा उर्लिए प्रवासी नेपाली

518
views

ईन्दिरा तिवारी
पर्वत, ११, साउन । एनआरएनए दक्षिण कोरियाको युवा संयोजकमा सामाजिक अभियान्ता बिक्रम बज्युले उम्मेदवारी दिएका छन् । गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष (२०२३–२०२५) का लागि अभियान्ता बिक्रम बज्युले कोरियावासी नेपालीहरुको हकहित संरक्षणका लागि उम्मेदवारी दिएका हुन् ।

आगामी आउदो जुलाइ २९ र ३० मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया (एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियाको यु्वा संयोजकमा सक्रिय अभियान्ता बिक्रम बज्युले आँफुलाइ मतदान गरी विजयी गराउन चुनावी अभियानमा होमिएका छन् ।

मिलनसार, सरल, सहज, स्पष्ट वक्ता रहेका कोरियामा रहेर प्रवासी नेपालीहरुका लागि आइपरेका समस्याहरुमा सहयोग गर्दै आएका छन् ।

प्रवासी नेपाली समुदायलाई परेका अनेकन समस्याहरुमा ‘हामी नेपाली एक हौं’ भन्ने भावानाका साथ सहयोग गर्दै आएका बज्यु आफैमा मार्शल आर्ट कराँते खिलाड़ी एवं राष्ट्रिय, अन्तराष्ट्रिय प्रशिक्षक, रेफ्री, नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाका उपाध्यक्ष एंव संञ्चारकर्मी, एनआरएनए.ख्याङ्गी इन्छन क्षेत्रीय सचिव एवंम खेलकुद तथा प्राविधिक विभाग प्रमुख समेत रहेका छन् ।

साथै उनी मकवानपुर–कोरिया समाज (दक्षिण कोरिया) का सचिव समेत भैसकेका छन् । गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३–२०२५) को युवा संयोजकको एक उपयुक्त पात्रको रुपमा नेपाली समुदाय समक्ष परिचित व्यक्तित्व हुन् ।

आउँदो निर्वाचनमा उनलाई कोरियाामा रहेका विभिन्न सामाजिक संघसंस्थाहरुले समर्थन दिएका छन् । एनआरएनए दक्षिण कोरियाको लागि युवा संयोजक पदमा उम्मेदवारी दिएका बज्युले निम्न प्रतिवद्धता जनाउँदै प्रवासी नेपालीहरुसँग मत मागिरहेका छन् ।

उनीसँग समय माटो सुहाउँदो साझा एजेन्डा रहेका छन् । ठाँउ अनुसार समय र परिस्थिति हेरी घाँटी हेरेर हाड निल्न सक्ने एजेन्डमा मेरो विशेष निगरानी, खबरदारी एंव पहल कदमी सदैव रहनेछ । साथै सम्पुर्ण सामुहिक साझा एजेन्डालाई कार्यान्वयन गर्न बिशेष प्रतिबद्धता व्यक्त गरेका छन् ।

कर्मभुमिमा :- एक्काइसौं शताब्दीको विचार र युवा दायित्वबारे युवाहरूसंग रोचक सम्वाद, पछिल्लो ज्ञान विज्ञान र देशको आन्तिरक र बाह्य राष्ट्रियताको जटीलता बोध गराउन विभिन्न अभिमुखीकरण गोष्ठी एंव तालिमहरु सञ्चालन । युवा समुदायमा बढ्दै गएको मानसिक समस्या, तनाव एंव बढ्दो आत्महत्या न्युनिकरणको लागि मानसिक समस्या न्युनिकरण तथा तनाब ब्यब्स्थापन सम्बन्धी परामर्श एंव उत्प्रेरणात्मक सेमिनारहरुको आयोजना गर्ने बताएका छन् ।

उनले कोरियामा मजदुरहरुको हक अधिकारको निम्ति लड्ने एमटुयु अर्थात माईग्रेण्ट ट्रेडसँग समन्वय एवं सहकार्य गरी श्रमिकहरुका समस्याहरुको समाधान गर्ने जनाएका छन् । नेपाली विद्यार्थीहरूको उच्च शिक्षाको लागि आकर्षक गन्तव्य बनिरहेको कोरियामा उनिहरूको समस्या पहिचान गरि समस्या समाधानको लागि योजना तथा कार्यान्वयन गर्ने गराउने, आकस्मिक तथा औधोगिक दुर्घटनाबाट मानविय तथा आर्थिक क्षति न्यूनिकरणका लागि दिर्घकालिन समाधान खोजिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

बज्युले कोरियामा बढ्दो युवाहरुहरुको अगमनसंगै बढ्दो खेलप्रति देखिएको वेगलाई निरन्तरता दिन खेलहरु पहिचान गरी फुटबल, भलिबल, क्रिकेट र कराँते मार्सल आर्टको एनआरएनए राष्ट्रिय टिम तयार गरी खेलकुद कार्यक्रम गर्ने, विशेष तालिम को ब्यबस्था गर्ने साथै नेपाल सरकारको राष्ट्रिय खेलकुद परिषदले आयोजना गर्ने राष्ट्रिय एंव अन्तराष्ट्रिय प्रतियोगिताहरुमा खेलाडीहरुलाई कोरियाबाट सहभागिता गराउने बताएका छन् ।

फिटनेश सेन्टर स्थापना गर्ने, भाषागत समस्या, कानुनी परामर्श एवं नेपाली श्रमिकसंग सम्वन्धित समस्याहरूको समाधानको लागि, अनलाईन हेल्पडेस्कको स्थापना गर्ने, मातृभुमिको लागी नेपाल प्राकृतिक तथा सास्कृतिक पर्यटनको उच्च सम्भावना रहेको र नेपाल घुम्नैपर्ने उत्कृष्ट गन्तब्यको रूपमा चिनाउन कोरियामा बिभिन्न कार्यक्रम तथा पहल गर्ने प्रतिवद्धता जनाएका छन् ।