एनआरएनए निर्वाचन :- युवा संयोजक सोडारीले गरे विद्रोह, बुद्धी गुरुङ्गलाई समर्थन

339
views

ईन्दिरा तिवारी
पर्वत, ११, साउन । एनआरएनए दक्षिण कोरियाको युवा संयोजकमा उम्मेदवारी दिएका अजय सोडारीले अध्यक्षका दावेदार बुद्धी गुरुङ्गलाई समर्थन जनाएका छन् ।

उम्मेदवार नआउलान मत आउँछन् भन्दै सोडारीले एनआरएन विगार्नेको पक्षमा नलागी सपार्नेलाई जिताउने भन्दै गुरुङ्गलाई समर्थन गरेको जनाएका हुन् ।

एनआरएनए दक्षिण कोेरियाको २९–३० जुलाईमा सम्पन्न हुने निर्वाचनमा युवा संयोजकमा उम्मेदवारी दिएका अजय सोडारीले गरेको घोषणा जस्ताको त्यस्तै ः–

आदरणीय महानुभावहरु न्यानो अभिवादन !
हामी यतिखेर गैर–आवासीय नेपाली संघ (ल्च्ल्ब्) दक्षिण कोरियाको नवौं महाधिवेशनको पुर्व संघारमा छौ आउँदो यहीँ आइतबार निर्वाचन हँुदैछ सर्वप्रथम निर्वाचन भव्य र सभ्य सफलताको शुभकामना !

विगत केहि समय अगाडि अथवा ल्च्ल्ब् दक्षिण कोरियाको नवौं महाधिवेशन घोषणा भएपश्चात म र हाम्रो टिम ल्च्ल्ब् दक्षिण कोरियामा युवाको अथवा श्रमिकको बलियो उपस्थिति हुनुपर्छ भनेर रुपान्तरणको नारासहित हामी चुनावी प्रक्रियामा होमिएका थियौ, आफना, विचार, योजना र एजेन्डा सहित उम्मेदवारी घोषणादेखि मनोनयन सम्म पुग्दा हामी तिब्र गति र रप्तारमा अगाडि बढिरहेका थियौ तर विडम्बना अनेक षड्यन्त्र ,हामीलाई रोक्न आकर्षित गरिएका विधान र लगायत अन्य आग्रह र पुर्वाग्रहबाट प्रेरित घटाउन र परिघटनाले हामी चुनाब लड्नबाट बञ्चित भयौं ,अथवा निर्वाचन समिति बाट हाम्रो उम्मेदवार रद्ध भयो, उम्मेदवारी रद्द र खारेजी किन र कसरी भयो त्यसको मुल्यांकन र बहस हुँदैछ र आगामी दिनमा पनि हुने नै छ ।

युवा तथा विद्यार्थी संयोजकमा उमेदवारी घोषणादेखि खारेजीसम्मको सिलसिलाबद्ध घटनाक्रमलाई आत्मसात र समिक्षा गर्दै हामी यो चरणसम्म पुगेका छौ ।
ल्च्ल्ब् दक्षिण कोरिया भित्र रहेका हरेक नराम्रा प्रवृत्ति लाई खबरदारी गर्दै मजदुर, विद्यार्थी र समग्र हितका पक्षमा हाम्रा निरन्तर बुलन्द आवाज र खबरदारी रहनेछन् ।

र अहिले बेग्र उठान गर्न खोजेको बिषय हाम्रो टिम अथवा मेरो समर्थन कसलाई रहन्छ भन्ने कुराको हो, हाम्रो वर्तमान कार्यसमिति र निर्वाचन समिति भित्र थुप्रै खालका असहमति तथा फरक मत छन यति भनिरहेरै हामी चुप बस्दैनौ,अब आउने नयाँ कार्यसमिति र आसलाग्दा अनुहार समयसापेक्ष विचार र योजना बोकेका टिम अथवा व्यक्ति लाई हाम्रो निस्वार्थ साथ र सहयोग रहनेछ !!
हामी यस्तो टिम र व्यक्तिको खोजिमा थियौ ,जसले हामिले उठाएका विचार र एजेन्डा संग हातेमालो होस, एक्येवद्धता होस,सहकार्य होस ,त्यतिमात्र होइन एउटा सक्षम टिम,सबै क्षेत्र र वर्ग समेटिएको टिम अथवा सबै पक्ष समेटिएको टिम,काम गर्ने हुटहुटि क्षमता भएको टिम,त्यो हामिले ल्च्ल्ब् दक्षिण कोरिया नवौं महाधिवेशन अध्यक्ष पदका बलिया उम्मेदवार बुद्धि गुरुङ टिम र लगायत अन्य केही व्यक्तिमा देख्यौ र समग्रमा उहाँहरुलाई स्वस्फूर्त तरिकाले सहयोग गर्ने निर्णय गरेका छौ ।
यो एउटा आक्रोश र बिद्रोह पनि हो, बाँकी कुरा लेख्दै भन्दै जानेछौ ।
त्यसैले यसपाली अध्यक्ष पदका उमेदवार बुद्धि गुरुङ लगायत टिम र व्यक्तिलाई अत्याधिक बहुमतले विजय गराऊँ ।