सुनको भाउ आज ६ सय रुपैयाँले घट्यो

280
views

काठमाण्डौ, १७, साउन । सुनको भाउ आज तोलामा ६ सय रुपैयाँले घटेको छ । सुन तोलामा एक लाख १२ हजार चार सय रुपैयाँमा झरेको छ ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । तोलामा १५ रुपैयाँले घटेर चाँदी आज एक हजार चार सय ६० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।