राजनैतिक पूर्वाग्रहको निशाना बनाएर कर्मचारी हटाइयो : एमाले ठाटीकाँध

307
views

दैलेख-     ठाटीकाँध गाउँपालिकाले कर्मचारी हटाइएको सम्बन्धी नेकपा (एमाले) ठाटीकाँधले आपत्ति जनाएको छ । शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै गाउँपालिकाकाले गरेको निर्णयप्रति आपति जनाएको हो । ठाटीकाँध गाउँपालिकाले यहि साउन ४ गते र १८ गतेको बैठकबाट कर्मचारी हटाइएको सम्बन्धमा र विभिन्न समय पालिकाले गरेका निर्णयमा आपत्ति जनाएको छ ।

विगत लामो समय देखि न्यून तलबमा स्वास्थ्य, शिक्षा, लगायत नागरिकसँग प्रत्यक्ष सरोकार राख्ने विभिन्न अत्यावश्यकीय क्षेत्रमा कार्यरत शिक्षक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुकोमनोबल उच्च राख्न प्रोत्साहन गर्नुको साटो राजनैतिक पूर्वाग्रह राखी हटाइएको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गाउँपालिकाले विभिन्न समयमा अनेकन वितण्डा अपनाई स्वेच्छाचारी तथा मनोमानी ढंगले जागिरबाट बर्खास्त गर्ने सम्मका अराजक काम कार्यको भत्र्सना गर्दछौँ विज्ञप्तीमा भनिएको छ । नेपालको संविधान २०७२ तथा स्थानीय सरकार सन्चालन ऐन २०७४ वमोजिम नागरिकको सुरक्षा तथा रोजीरोटी तथा रोजगारी सिर्जना गरी विपन्न र निमुखाको पहरेदारको भुमिकाको
जिम्मेवारीमा रहेको स्थानीय सरकार वर्षेनी कर्मचारीको रोजिरोटी खोस्न तम्सिएको छ ।

कार्यभार संहाल्दै गर्दा शिक्षालाई गुणस्तरीय बनाउने र स्वास्थ्य सेवालाई प्रभावकारी र छिटो छरितो गर्ने उद्घोस गरेर विभिन्न स्थानमा नाटक मन्चन गरिरहेको सरकार वेला बेलामा यीनै क्षेत्रलाई राजनैतिक पूर्वाग्रहको निशाना बनाईरहेको बताइएको छ ।

विज्ञप्तीमा भनिएको छ असार १० गते यता ठाटीकाँध गाउँ सभा तथा गाउँकार्यपालिकाले गरेको निर्णय तत्काल सच्याएर पहिलेकै अवस्थामा
फर्काउन गाउँपालिकाको ध्यान केन्द्रीत गर्दछौं । अन्यथा नागरिकको सुरक्षाका लागि निकट समयमा थप कदम चाल्न
बाध्य हुने र आउने परिस्थितीको जिम्मेवार गाउँपालिका रहने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँछौ ।

विज्ञप्ती जारी गर्दै नेकपा एमाले ठाटीकाँध गाउँपालिका कमिटी का सचिव कृपा राम थाापाले अहिले ठाटीकाँध पालिका सरकार असफल भइसकेको र त्यो प्रत्यक्ष देखिएको बताउनुभयो । शिक्षा स्वास्थ्य जस्तो गम्भिर कुरामा खेलाचि र केटाकेटीपना देखाएको बताउनुभयो । शिक्षा र स्वास्थ्य जस्तो सम्वेदनशील कुरामा पनि राजनीति गरिएको छ, उहाँले भन्नुभयो, स्थानीय तहको निर्वाचनबाट नयाँ जनप्रतिनिधि आइसकेपछि ठाटीकाँधमा बिकास भन्दा पनि बिनास भएको उहाँले बताउनुभयो ।

पालिकामा शुसाशनको स छैन । ठाटीकाँध देशकै असफल पालिकाका रुपमा परिचित भइसेको छ ।आफन्तवाद, नातावाद कृपावाद हाबी भएको छ, उहाँले भन्नुभयो । यस्ता कदम ठाटीकाँध सरकारले तत्काल नसच्याएमा थप कदम चालेर अगाडी बढ्नेछौँ आउने परिस्थितीको जिम्मेवार गाउँपालिका रहने व्यहोरा यसै विज्ञप्ती मार्फत जानकारी गराउँछौँ ।