शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरु आन्दोलित, पठनपाठन प्रभावित

259
views

पर्वत, ४ असोज । विद्यालय शिक्षा विधेयकमाथि आपत्ति जनाउँदै शिक्षकहरू आन्दोलनमा छन् । शिक्षकहरूको आन्दोलनका कारण सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ । यतिवेला शिक्षकहरू आन्दोलनका लागि काठमाण्डौमा आएसँगै पठनपाठन प्रभावित भएको हो ।

देशभरका २७ हजारभन्दा धेरै सामुदायिक विद्यालयका शिक्षकहरु एकैपटक आन्दोलनमा उत्रिँदा झण्डै ५४ लाख विद्यार्थीको पठनपाठन प्रभावित भएको छ ।

शिक्षा विधेयकको परिच्छेद–७ मा शिक्षकको सरुवा तथा बढुवाको अधिकार पालिकालाई दिइने प्रावधानप्रति शिक्षकहरूले मुख्य असन्तुष्टि छ । उनीहरूले यो अधिकार जिल्ला शिक्षा कार्यालयलाई दिनुपर्ने माग राखेका छन् ।

नेपाल शिक्षक महासङ्घले माग पूरा नभएसम्म विद्यालय बन्द गर्ने जनाएको छ ।