नागरिक समाज सञ्जाल पर्वतद्धारा शोक एवं समवेदना व्यक्त

337
views

ईन्दिरा तिवारी
पर्वत, १८, असोज । वर्षातका कारण आएको बाढीमा परी पर्वतको तमादी खोलामा ज्यान गुमाएका तीनजना मृतकहरुप्रति नागरिक समाज सञ्जाल पर्वतले शोक एवं समवेदना व्यक्त गरेको छ ।

नागरिक सञ्जाल पर्वतका संयोजक माधव पौडेल र सचिव कृष्ण प्रसाद शर्माले एक विज्ञप्ती प्रकाशित गरी आश्विन १३ गते कुश्मा नगरपालिकाको वडा नं १३ मा पर्ने तमादी खोलामा भएको जिप दुर्घटनामा रुपन्देहीको तिलोत्तमा नगरपालिका–९ का गोपाल वस्याल, बाग्लुङ तारा खोलाका ५१ बर्षिय डम्बर थापा र पोखराका ३४ बर्षिय माधव पौडेलको निधनप्रति शोक व्यक्त गर्दै आफन्तजन तथा परिवारमा समवेदना व्यक्त गरेको हो ।

बाग्लुङदेखि पोखराका लागि छुटेको ग १ ज ६२१३ नं को जिप यहि आश्विन १३ गते शनिवार कुश्मा नगरपालिकाको वडा नं ७ र ८ को सिमानामा पर्ने तमादी खोलामा बाढीले बगाउँदा उनीहरुको मृत्यु भएको थियो ।

साथै नागरिक समाज सञ्जाल पर्वतले सोही घटनालाई समेट्दै बर्षातको समयमा भईरहेका घटनाहरुलाई मध्यनजर गर्दै यात्रुको जीउधनको सुरक्षार्थ चालक तथा सह–चालकहरु संयमित भएर सवारी साधन चलाउनुपर्ने, यातायात संवद्ध व्यवसायिहरुले सचेतना जगाउँदै निर्देशन गर्नुपर्ने उल्लेख गरेको छ ।

यस्तै नजिकिएको चाडपर्वलाई लक्षित गर्दै नागरिक सञ्जाल पर्वतले आम नागरिकहरु चाडवाड मनाउन बजारदेखि गाउँ फर्किन थालेको अवस्थामा मानवअधिकार सरोकारका विषयहरुमा भाडा वृद्धिदर, सुरक्षित आवागमन, बजार आपुर्ति र महंगी नियन्त्रण तथा अनुगमनजस्ता विषयहरुमा सरोकारवाला निकायलाई गम्भिर बनिदिन आग्रह गरेको छ ।

नागरिक समाज सञ्जाल पर्वतले ग्रामिण सडक अलपत्र पारिएको विषययलाई उठाउँदै स्थानीय सरकारले सडक निर्माण तथा स्त्तउन्नतिको कार्यलाई छिटो छरितो रुपमा सम्पन्न गरी नागरिकहरुलाई सहजता तुल्याउन ध्यानाकर्षण गराएको छ ।