कोरोला नाका खोल्ने सरकारको तयारी

219
views

पोखरा, १८, असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कोरोला नाका खोल्ने सरकारको तयारी भईरहेको बताउँदै त्यहाँसम्म पुग्ने सडक स्तरोन्नति गर्नुपर्नेमा जोड दिएका छन् ।

तिब्बत र मुस्ताङको नाकामा रहेको पिल्लर नं. २४ मा पुगेर स्थलगत निरीक्षण गरेपछि उनले भने ‘तिब्बततर्फ भौतिक संरचनाहरु निर्माण भईसकेको देखिन्छ, हाम्रोतर्फ पनि आवश्यक भौतिक संरचना छिटो निर्माण गर्नुपर्छ ।’

उनले नाका खोल्ने योजना भईरहँदा तिब्बततर्फ सबै तयारी हुनु र गण्डकी प्रदेशको मुस्ताङतर्फ कुनै पनि संरचना नहुँदा समस्या आउनसक्ने उनले बताए ।

‘इमिग्रेसन, सुरक्षा चेकजाँच, भन्सार संचालन गर्न हाम्रोतर्फ पनि भौतिक संरचना जरुरी हुन्छ’ उनले भने ‘अहिले रहेको भन्सार र सुरक्षा चेकपोष्ट पिल्लर भन्दा नौ किलोमिटर तल छ ।’ नाकासम्म पुग्ने सडकस्तरोन्नती गरेर नियमित सवारी आउजाउ गर्नसक्ने बनाउनतर्फ सरकारको ध्यान रहेको मुख्यमन्त्रीपाण्डेले बताए ।

उनले कोरोलानाका सम्मको सडकपनि संघ सरकारको गौरवको योजना भएकोले यसमा प्रदेश सरकारले पनि सहकार्य गरेको जानाकारी दिए ।

कोरोला नाका निरीक्षणमा मुख्यमन्त्री पाण्डे, प्रतिनिधि सभा सदस्य योगेश गौचन, प्रदेश सभा सदस्य नाम्डु गुरुङ, विकल शेरचन सहभागी थिए ।