पर्वत समाज दक्षिण कोरियाद्धारा स्वागत

288
views

कमला केसी
दक्षिण कोरिया, २३, असोज । पर्वतमा जन्मेर जापानलाई कर्मथलो बनाउदैं आउनुभएका महेश श्रेष्ठले एनआरएनए केन्द्रको निर्वाचनमा आफ्नो अध्यक्षको उम्मेदवारी दिएका छन् ।

उम्मेदवारी दिएका श्रेष्ठ चुनावी अभियानका लागि दक्षिण कोरिया पुगे । सो अवसरमा पर्वत समाज दक्षिण कोरियाले स्वागत एवं भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।

दक्षिण कोरियाको सुवन स्थित स्वंयभु रेस्टुरेन्टमा आयोजना गरिएको कार्यक्रममा पर्वत समाज दक्षिण कोरियाका अध्यक्ष दिपक केसी र प्रमुख सल्लाहकार नविन पराजुलीले दोसल्ला र खादाले सम्मान गरेका हुन् ।

स्वागत एवं सम्मान कार्यक्रममा अध्यक्ष पदका उम्मेदवार महेश श्रेष्ठले एनआरएनए र क्षेत्रिय संस्था एकाअर्काको परिपुरक रहेको बताए । उनले भने ‘यसको संरक्षण गर्दै निरन्तरतामा जोड दिनुपर्दछ, यसका खाँतिर मैले जिते अहिले देखिएका समस्याको समाधान गर्न सक्छु ।’

आफ्नो जन्मथलो पर्वतसंग कोरियामा जोडिन पाउँदा पारिवारीक भेटको झल्को मेटिएको भन्दै उनले खुसी व्यक्त गरे ।

कार्यक्रममा एनआरएनए दक्षिण कोरियाका अध्यक्ष बुद्धि गुरुङ, चुनावी अभियानका क्रममा अमेरिकादेखि आउनुभएका सचिव पदको उम्मेदवार कृष्णजीवि पन्त, समाजका सल्लाहकार ईन्दिरा तिवारी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

संस्थाका महासचिव एवं पत्रकार कमला केसीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत संस्थाका प्रमुख सल्लाहकार नविन पराजुलीले राखेका थिए भने अध्यक्ष दिपक केसीले धन्यवाद मन्तव्य व्यक्त गरेका थिए ।