के होला आज भरतपुर फैसला ?

762
views

काठमाडौं, २ साउन । सर्वोच्च अदालतले नयाँ नेतृत्व पाएको छ । आइतबार मात्र प्रधानन्यायाधिश पाएको सर्वोच्च अदालतले लामो समयदेखि भरतपुर महानगरपालिकाको वडा नम्बर १९ को फैसला गर्न सेकेको छैन । यसअघि पटकपटक बाहना बनाएर फैसला सार्ने काम भइरहेको थियो । विभिन्न बाहना पटकपटक इजलास सारेपनि आज तोकिएको इजलास अघि बढ्ने सबैले विश्वास गरेका छन् । प्रधानन्यायायधिशमा गोपाल पराजुली आएपछि लामो समयदेखि रोकिएको मुट्ठा छिट्टै छिनोफानो हुने सबैको आशा छ । भरतपुर १९ को इजलास आज दिउँशोका लागि तोकिएको छ । निर्वाचन आयोगले भरतपुर १९ मा पुनः मतदान गर्नुपर्ने निर्णय गरेपछि असन्तुष्ट पक्ष मतगणना सुचारु गर्नुपर्ने मागसहित सर्वोच्च आदालतमा रिट दायर गरेको थियो । सोही गाउँका मतदाता समेत रहनुभएका अधिवक्ता तुलसीराम पाण्डे र नेकपा एमालेको भरतपुर १९ को खुलातर्फबाट वडा सदस्यका उम्मेदवार बन्नुभएका गुञ्जमान विश्वकर्माले भरतपुरमा पुनः मतदान गराउन नहुने भन्दै रिट दायर गर्नुभएको थियो । उक्त रिटको पेशी आज तय गरिएको हो ।