माओवादी केन्द्रका सांसदको तलब प्रकोप पीडितलाई

676
views

काठमाडौं,३१, श्रावण । भारी बर्षाका कारण तराईमा डुबान र पहाडमा पहिरोको संकटमा परेका पीडित परिवारलाई माओवादी केन्द्रका सांसदहरुले एक महिनाको तलब दिने निर्णय गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा बसेको संसदीय बोर्डको बैठकमा बाढी पीडितहरुको उद्धार, राहत र उपचार राहतका लागि पार्टीका सबै सांसदहरुले एक महिनाको तलब दिने निर्णय गरेका हुन् ।
वैठकले पीडितहरुको तत्काल प्रभावकारी रुपमा उद्धार, राहत, स्वास्थ्य उपचार तथा पुर्नस्थापना कार्य गर्न नेपाल सरकारको ध्यानाकर्षण समेत गराएको छ ।
सो वैठकले पार्टीका सम्पूर्ण सांसदहरुलाई आ–आफ्नो क्षेत्रमा प्रभावित क्षेत्रमा गइ उद्धार, राहत र स्वस्थ्य उपचारमा जुटन निर्देशन पनि दिएको छ । माओवादी केन्द्रको भातृ संगठन वाईसिएललाई समेत उद्धारमा खट्न निर्देशन दिएको थियो । मुख्य त तराईमा माओवादी केन्द्रका समर्थक, वाईसियल, पार्टी कार्यकर्ताहरु उद्धार कार्यमा खटाएको थियो । माओवादी केन्द्रका प्रत्यक्ष र समानुपातिक गरी ८४ जना सांसदहरु रहेका छन् ।