एन.आर.एन. साईप्रसको अध्यक्षमा मल्ल

2177
views

भदौ २६ युरोप । युरोपको साईप्रसमा रहेका नेपालीहरुको छाता संगठन गैरअवासिय नेपाली सघंको सातौ अधिवेशन सम्पन्न भएको छ । साईप्रस देशको राजधानि निकोसियामा सम्पन्न अधिवेशनले पुनः सुबास मल्ललाई अध्यक्षमा सर्वसम्मतले चयन गरेको हो ।
त्यस्तै उपाध्यक्षमा उत्सव घले , महासचिवमा अन्तेश राउत , सचिवमा तुलसा पाण्डे उपसचिवमा कविता भण्डारी र कोषाध्यक्षमा सरिता चौधरीलाई चयन गरेको छभने महिला प्रतिनिधिमा शान्ति राई ,युवा प्रतिनिधिमा विकास दुवाडी ,महिला प्रवक्तामा नानु गोम्जा तमागं र सदस्यहरुमा लक्ष्मी रेग्मी अधिकारी चन्द्रा राई रहेका छन ।

 प्रमुख निर्वाचन अधिकृत डा. राम जिवन पन्जियार , निर्वाचन अधिकृत सुरेश शाह तथा लेविन रानाले अगामी दुई बर्षका लागि एन.आर.एन.ले सर्बसम्मतमा नया नेतृत्व चुनिएकोमा बधाई दिएका थिए । अधिवेशन गैरअवासिय नेपाली सघं आई.सि.सि. प्रतिनिधी रन्जित महतोको प्रतिनिधित्वमा भएको थियो ।
नेपाली राजदुतावास ईजरायलका प्रथम सचिव हरिहरकान्त पौडेलको प्रमुख अतिथ्यता तथा होनरी कन्सुलेट अफ साईप्रसका कन्सुलेट डा. रामजिवन पन्जियारको विशेष अतिथ्यतामा भएको कार्यक्रममा साईप्रसमा रहेका नेपालीहरुले नेपालको बारेमा पर्यटन प्रवद्र्धनका लागि सबै लाग्नु पर्नेमा जोड दिएका थिए । साथै नेपालमा आउने हरेक विपत्तिमा साईप्रसमा रहेका नेपालीहरुले आफनो तन मन का साथ सहयोग गर्नुृ सरहनिया काम गरेको समेत बताएका थिए ।