मलेसियाका ८ लाख नेपालीको प्रतिनीधित्व भवानी शंकर तिवारीको उम्मेदवारी घोषणा

1875
views

गैरआवासीय नेपाली संघको एसिया संयोजकमा मलेसियाबाट भवानी शंकर तिवारीले उम्मेदवारी दिने घोषणा गरेका छन् । लामो समयदेखि मलेसियामा व्यवसाय गर्दै आएका तिवारी एनआरएनए मलेसियाको दुई कार्यकाल कार्यकारी सदस्य, दुई कार्यकाल उपाध्यक्ष तथा २०१३–०१५ मा आइसीसी सदस्य समेत भएर अनुभव बटुली सकेका छन् । मलेसियामा रहेका ८ लाख नेपालीहरुको प्रतिनीधित्व गर्दै तिवारीले उम्मेदवारीको घोषणा गरेका हुन् । तिवारीले गैर आवसीय नेपाली संघ एसिया संयोजकमा दिनुको स्पष्ट पार्दै यस्तो घोषणा गरेका छन् ।

तिवारीको प्रतिवद्धता

गैर आबासीय नेपाली संघको अभियानको शुरुवात देखि नै कर्मथलो मलेशियाबाट दुई कार्यकाल कार्यकारी सदस्य र दुई कार्यकाल उपाध्यक्ष रहि २०१३–२०१५ मा अन्तर्रा्ष्ट्रिय समन्वय समितिको सदस्य भै संस्थालाई सहयोग पु¥याउँदै आएको कुरा यहाहरुलाई अबगत गराउन चाहन्छु ।
नेपालमा परेका हरेक आपत बिपतमा मैले सहयोग पु¥याउदै आएको कुरा पनि यहाहरु समक्ष जगजाहेर नै छ । हाम्रो मुख्यालय बनाउन मलेशिया बाट मेरो अगुवाईमा ठूलो धनरासीको बोलकबोल भएको र धेरै दाखिला भैसकेको र बाँकी रकम पनि छिट्टै जम्मा गरिने कुराको जानाकारी गराउँदै मैले २०१५–२०१७ कार्यकालको लागि एसिया सहसँयोजक पदमा उमेदवारी दिएकोमा झिनोमतान्तरले पराजय हुनुपरेको थियो ।
म कुनै कार्यकारी पदमा रहे वा नरहे पनि उत्तिकै सक्रिय भुमिका निर्वाह गर्दै आएको कुरा अबगत गराउँदै यस अभियानको निरन्तरताको लागि मेरो उमेदवारी हो ।
मलेसियामा भएका बिभिन्न संघसस्थासँग हातेमालो गर्दै नेपाली दूताबास सँग सहकार्य गरी श्रमिकका हरेक समस्या समाधानको लागि पहल गर्ने छु ।
बैदेशिक रोजगारीको प्रमुख गन्तव्य र ५० लाख एनआरएन मध्ये ८ लाख जनसंख्या भएको मुलुकलाई अभियानको १५ बर्षसम्म पनि अन्तरास्ट्रिय समन्वय परिषदको कार्यकारी पद नदिनु लज्जास्पद कुरा हो म सम्पूर्ण एन आरएनए अग्रजहरुमा बिनम्र अनुरोध गर्दै यस आठौं बिश्व सम्मेलनमा सहयोग गरि मलेशियाका उमेदवारलाई विजय गराउनु हुनेछ भन्ने मैले आसा लिएको छु ।
मैले एशिया प्रशान्त क्षेत्रका १५ राष्ट्रका कार्यसमितीसँग सहकार्य गर्दै बैदेशिक रोजगारलाईलाई व्यवस्थित र मर्यादीत बनाउने पहल गर्दै कल्याणकारी कोषलाई मजबुत बनाउने अभियानलाई निरन्तरता दिनेछु ।
नेपाली कला सस्कृतिलाई बिश्वसामु पु¥याउनको लागि पहल गर्ने छु ।
हामीले हरेक बर्ष मनाउँदै आएको बुद्धजयन्तीलाई निरन्तरता दिनेछु ।
एनआरएन भित्रका हरेक प्रकारका विभेदलाई अन्त्य गर्दै समानता र अपनत्वका लागि साझाँ एनआरएन मैत्री बातावरण बनाउन सहयोग गर्ने छु ।
एसिया प्रशान्त क्षेत्रका साथीहरुलाइ एकिकृत गरि संयुक्त लगानीको लागि पहल गर्ने छु ।
हाम्रा सामु चुनौतिहरु प्रसस्त छन र ती चुनौतीहरुलाइ अवसरहरुको रुपमा लिएर त्यसको ब्यवस्थापनमा निरन्तर लाग्नेछु । यिनै उदेश्य प्राप्तीका लगि मैले आगामी कार्यकाल २०१७–२०१९ का लागि एशिया प्रसान्त संयोजकमा उम्मेदवारी दिएको हुँ ।
अभियानको गरिमालाई कायम राख्दै परिणाममुखि एवं प्रभावकारी काम गर्ने मेरो प्रतिवद्धतालाई सहयोग र समर्थन गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’
भवानि शंकर तिवारी
उम्मेद्ववार
एशिया प्रसान्त क्षेत्रीय संयोजक