टिपरको ठक्करबाट रौतहटमा एक जना साईकल यात्रीको मृत्यु

459
views

रौतहट, १८ पौष । रौतहटमा टिपरको ठक्करले एक जना साईकल यात्रीको मृत्यु भएको छ ।जिल्लाको चन्द्रपुर नगरपालिका ८ सन्तपुरस्थित सुबलाल बहुमुखि क्यापस अगाडी ना ७ ख ४७४३ नम्बरको टिपरले ठक्कर दिँदा जिल्लाको बृन्दावन नगरपालिका १ बलरी गाउका ३३ वर्षीय बिगल पटेल भन्ने राजकुमार पटेलको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय रौतहटले जनाएको छ।

ठक्कर लागेपछि उपचारका लागि चन्द्रपुर हस्पिटल प्रा.लि.मा ल्याउने क्रममा मृत्यु भएको हो। मृतक पटेल विद्युत महसुल तिर्न चन्द्रनिगाहपुर आएका थिए।

ठक्कर दिने टिपर र चालकलाई इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले पक्राउ गरिएको छ भने मृतक पटेलको शव पोष्टमार्टमको लागि चन्द्रनिगाहपुर सरकारी अस्पतालमा पठाइएको छ ।