ओलीले घुँडा टेकनुको विकल्प छैन्–खनाल

500
views

काठमाडौं, ९, माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले केपी शर्मा ओलीले घुँडा टेक्नुको विकल्प नभएको बताएका छन् ।

आफ्नो समूहको आयोजनामा भएको काठमाडौंमा शक्ति प्रदर्शनलाई सम्बोधन गर्दै खनालले अहिले आफूहरुसहित नेपाली कांग्रेस र जनता समाजवादी पार्टी आन्दोलनमा रहेको र छुट्टाछुट्टै आन्दोलन भए पनि सबैको प्रहार एकै ठाउँमा रहेको भन्दै ओली नेतृत्वको सरकारको प्रतिगामी कदमविरुद्ध सडकमा उत्रिएकोले अब यो प्रतिगमन नसच्चिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारेका छन् ।

नेता खनालले ‘कुन पार्टी आधिकारिक हो ? सडकमा आएर हेर्न पनि केपी ओलीलाई निम्ता दिए । आफूहरु संसद, संविधान र लोकतन्त्रको रक्षा गर्नको लागि आम जनता सडकमा उत्रिएको भन्दै खनालले ओली विश्वासघाती भएको पुष्टि भएको भनाई राखे ।

ओली कम्युनिष्ट पार्टीका भगौडा हुन् । ओलीले प्रतिगामी काम गरेपनि अदालतले संसद पुनस्थापन गर्ने र अदालतप्रति विश्वास रहेको बताए ।