जर्मनीद्वारा अजरबैजान पराजित

1047
views

काठमाडौं । सन् २०१८ मा रुसमा हुने विश्वकप फुटबल छनf}ट अन्तर्गत आइतबार राति भएको खेलमा जर्मनीले अजर बैजानलाई ४–१ ले हराएको छ ।अजरबैजानमा भएको खेलमा जर्मनीको जितमा आन्द्रे सुरलाले दुई गोल गरे भने थोमस मुलर र मारियो गोत्जेले एक–एक गोल गरे ।

विश्वकप छनोटअन्तर्गत युरोपेली समूहकै अर्को खेलमा चेक गणतन्त्रले सान मारिनोलाई ६–० को बिशाल अन्तरले पराजित ग¥यो भने उत्तरी आयरल्यान्डले नर्वेलाई २–० ले हरायो ।

युरोपेली छनोटको समुह एफको खेलमा इङ्ल्यान्डले लिथुआनियालाई २–० ले हरायो । इङ्ल्यान्डको जितमा जेमाईन डेफो र जेमी भार्डीले एक–एक गोल गरे ।

यही समुहको अर्को खेलमा स्लोभाकियाले माल्टालाई ३–१ ले हराउँदा स्कटल्याण्डले स्लोभेनियालाई १–० ले हरायो ।

यसैगरी समुह ई को खेलमा पोल्याण्डले मोन्टेनेग्रोलाई २–१ ले हरायो । यसैगरी अर्मेनियाले काजखस्तानलाई २–० ले पराजित गर्दा डेनमार्कले रोमानियासँग गोलरहित बराबरी खेलेको छ ।