काँग्रेस विजयको निर्णयकर्ता वाम गठवन्धन होईन मतदाता हुन्– तिवारी

708
views

महेन्द्र जिसी
पर्वत, १९ कार्तिक । नेपाली काँग्रेसको तर्फबाट पर्वत क्षेत्र नम्बर ‘ख’ बाट प्रदेश सभा सदस्यका उमेद्ववार राजेन्द्र प्रसाद तिवारीले नेपाली काँग्रेसका उम्मेदवारहरुको विजयको निर्णयकर्ता वाम गठवन्धन नभई मतदाता भएको बताए ।

तिवारीले काँग्रेसलाई को ? कसरी र कस्ले ? गठवन्धन गरेको छ भन्दापनि जनताको मन कसरी जितेका छौं कि छैनौ ? भन्ने मुख्य प्रश्न रहेकोले काँग्रेस उम्मेदवारको विजयको निर्णयकर्ता मतदाता भएको उल्लेख गरे ।

उनले देश विकासका निमित्त र विदेशिएका युवाहरुलाई स्वदेशमै बस्ने वातावरण निर्माणका लागि पर्वत क्षेत्र नम्बर ‘ख’ बाट प्रदेश सभा सदस्यका लागि आफ्नो उम्मेदवारी भएको बताएका छन् । तिवारीले व्यक्तिको कार्यक्षमताले देशको विकास र समृद्धि हुने भएकोले सो क्षमता हेरेर मतदान गर्न मतदातालाई समेत आग्रह गरेका छन् ।

चुनावी अभियानमा लागेका तिवारीले नेपाली काँग्रेस देश र विकासको संवाहक भएको सपष्ट पार्दै लोकतन्त्रको स्थापना संविधान निर्माणको मुख्य नायक नेपाली काँग्रेस भएकोले काँग्रेसका उम्मेदवारहरुलाई जिताउन आग्रह गरेका छन् ।
तिवारीले वाम गठवन्धनले राजनीतिमा पारेको नकरात्मक प्रभावलाई न्युनिकरण गर्न नेपाली काँग्रेसका जुझारु उम्मेदवारहरुलाई मतदाना गर्न मतदातासमक्ष अपिल गरेका छन् ।

नेपाली काँग्रेस पर्वतको माहघिवेशन प्रतिनिधी समेत रहेका तिवारीले पर्वत ‘ख’ बाट विगतमा विजयी भएका नेताले मत प्राप्तीका लागि छलकपट गर्ने तर विकास निर्माणमा माखो नमार्ने प्रवृत्तिले ‘ख’ वासीले दुःख पाएको बताए ।

उनले पर्वतको पनि दोस्रो पर्वत बनेको ‘ख’ क्षेत्रबाट अवसरको खोजिमा विदेशिरहेका युवाहरुलाई स्वदेशमा नै रोजगारी सिर्जन ागर्ने गर्ने विकल्प आफुले तयार पारेको र उनिहरुलाई उद्यमशिल कार्यमा लगाई देश विकासमा जुट्ने प्रयास स्वरुप आफुले उम्मेदवारी दिएको बताए ।