दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

865
views

काठमाण्डौ, २२ कार्तिक । नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयले बढुवा भएका दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

उपरथी दर्जामा पदोन्नती हुनुभएका प्रबन्धरथी कार्यालयका सहायक र शशी बहाददुर सिंह र सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा निर्देशनालयका प्राविधिक सहायकरथी अजित वरसिंह थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको हो । जङ्गी अड्डामा आयोजित एक बिशेष समारोहमा प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीले उपरथी दर्जाको दर्ज्यानी चिह्न प्रदान गर्नुभएको जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

उपरथी दर्जामा पदोन्नोती उपरथी सिंहलाई प्रबन्धरथीको कार्यालयको प्रमुखको जिम्मेवारी प्रदान गरिएको छ भने प्राविधिक उपरथी थापालाई सैनिक सामाग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयको प्रमुखको जिम्मेवारी दिईएको छ ।