के बसाई सर्नेलाई सेन्सर लगाउनै पर्ने हो त ?

923
views

पर्वत । एउटा कलाकारले सिर्जना गरेको शब्द र लयले लाखौलाख स्रोता दर्शकलाइ मृत्यु र प्रेम दिने प्रयत्न हुन्छ भने त्यो समाचार बन्नु कुनै अनौठो होईन् ।

स्रोता दर्शकलाई नै त्यो अवस्थासम्म पु¥याउने ति कलाकार अमिर सुवेदीले किन यस्ता प्रकारका गितहरु बजारमा ल्याँउछन र सेन्सर लगाउने अधिकार पाएको निकाय किन मौन बस्छ ? यो प्रश्नमै अल्झिएको छ ।

पर्वते कलाकार अमिर सुवेदीले ‘तिम्रै चिन्ता भो’ भावात्मक गितपछि बजारमा ल्याउन लागेको ‘गयौ गयौ एक्लै पारी, शब्द लयको गितले फेरी आम स्रोता दर्शकको मुटु भक्कानिने गरी उक्त सार्वजनिक गर्ने तयारीमा रहेका छन् ।

‘बजारमा आउनुपूर्व सञ्चार माध्यममा ‘गयौ गयौ एकलै पारी तिम्लाई मात्रै देख्न मन लाउँछ नि कहाँ छौ बोलाउ मलाई आउँछु बसाँई सारी’ गितले धेरै स्रोता दर्शकलाई कोमलतामा ढाल्ने अनुमान गरिएको छ ।
उक्त गितलाई सुवेदीले अवसर डिजिटल प्रालि मार्फत बजारमा ल्याउने तयारी गरेको बताएका छन् । झण्डै एक दर्जन गित बजारमा ल्याएका सुवेदीको यो गितले स्रोता र दर्शकलाई भावनामा वहकाउन सक्ने बुझिएको उक्त गित के सेन्सरमा नै पर्ला त ?