पर्वतमा बाम गठबन्धन विजयी

प्रतिनिधीसभामा गिरी, प्रदेससभामा अधिकारी र लम्साल

647
views

पर्वत २४, मंसिर । पर्वतबाट प्रतिनिधीसभा सदस्य पदमा नेकपा एमालेका उमेदवार पदम गिरी निनिर्वा्चित भएका छन । गिरीले नेपाली कांग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीलाई मत १२ हजार ४ सय ५६ मत अन्तरले पराजित गर्दै निर्वाचत भएका हुन ।
प्रतिनिधीसभा सदस्य पदमा निर्वा्चित गिरीले ३९ हजार ७ सय २५ मत प्राप्त गरेका छन भने पराजित जोशीले २६ हजार ८ सय १९ मत पाएका छन ।
यसैगरी प्रदेशसभा १ मा बाम गठबन्धनका उमेदवार माओबादी केन्द्रका पोलिटब्युरो सदस्य नेत्र अधिकारी बिजयी भएका छन । अधिकारीले नेपाली कांग्रेसका पुर्व जिल्ला सभापाति नवराज गुरुङ्गलाई ४ हजार ८ सय २३ मतको अन्तरले पराजित गरेका हुन । निर्वा्चित अधिकारीले २१ हजार ५०८ मत प्राप्त गरेका छन भने गुरुङ्गले १६ हजार ६८५ मत प्राप्त गरेका छन ।
यसैगरी प्रदेशसभा २ मा एमालेका प्रदेस कमिटी सदस्य बिकास लम्साल बिजयी भएका छन । लम्सालले नेपाली कांग्रेसका महाधिबशेन प्रतिनिधी राजेन्द्र तिवारीलाई २ हजार १६६ मत अन्तरले पराजित गरेका हुन । प्रदेससभा सदस्यमा बिजयी भएका लम्सालले १५ हजार ४ सय ३४ मत प्राप्त गरेका छन भने तिवारीले १३ हजार ३५२ मत प्राप्त गरेका छन ।