राष्ट्रसंघको बधाई, पर्यवेक्षकद्वारा प्रशंसा

501
views

काठमाण्डौ, २४ मंसिर । प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचन शान्त र सफलतापूर्वक सम्पन्न भएकोमा संयुक्त राष्ट्रसंघले नेपाली जनतालाई बधाई दिएको छ ।
महासचिव एन्टोनीओ गुटेरसले शनिबार वक्तव्य जारी गर्दै सम्पन्न निर्वाचनप्रति खुसी व्यक्त गरेका हुन् । उनले शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सबै पक्षलाई बधाई दिँदै यो सद्भाव कायम राख्न आग्रहसमेत गरेका छन् । निर्वाचनमा जसरी दलहरूले एकअर्कामा शान्त, सक्रिय र सद्भाव देखाए, त्यही सद्भाव आगामी दिनमा हुने निर्वाचनमा समेत राख्ने आशा राष्ट्रसंघले गरेको पनि गुटेरसको वक्तव्यमा उल्लेख छ । २०७२ असोजमा जारी संविधानले तय गरेको नयाँ संघीय ढाँचालाई कार्यान्वयनमा लैजान यो निर्वाचन एक ऐतिहासिक पलको रूपमा रहनेसमेत महासचिवले उल्लेख गरेका छन् ।