परिणामले पराजय भोगेपनि कर्णालीको बिकास, समृद्धि र समुन्नतिका लागि हारेको छैन्–शाही

674
views

कालिकोट, २४ मंसिर । कालिकोटबाट प्रतिनिधि सभा सदस्यको लागि लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले शुभचिन्तक र मतदाताबीच खुसी साटासाट गर्दै आफुले पराजय भोगेपनि कालिकोटको विकासमा पराजय नहोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन् ।

प्रतिनिधि सभाका लागि कालिकोटबाट उम्मेदवार बनेका शाहीले बाम गठबन्धनका साझा उम्मेदवार दुर्गबहादुर रावतसँग पराजित भएका छन् । बाम गठबन्धनको खुशीयाली सभामा सहभागी शाहीले आफ्ना शुभचिन्तक, मतदाता, सबैलाई बधाई तथा शुभकामना दिएका छन् । शाहीले कालिकोट बासीले आफु प्रति देखाएको माया ममता, शुभेच्छा समर्थन र अमुल्य सहयोगलाई शिरोधार्य गर्दै आभार व्यक्त गरे ।

शाही २०७० मा पनि संविधान सभा सदस्यका लागि नेपाली कांग्रेसबाट उम्मेदवार रही माओवादी केन्द्रका महेन्द्र बहादुर शाहीसंग पराजय भोगेका थिए । शाहीले पराजयले पनि जोसजागर र हौसला थपेको बताए ।।

शाहलिे भने ‘परिणामले पराजय भोगेपनि कर्णालीको बिकास, समृद्धि र समुन्नतिका लागि हारेको छैन् ।’ मेरो जीबनमा एउटै मात्र सपना छ सुन्दर अनि समृद्ध कालिकोट निर्माणका लागि निरन्तर आफ्नो अभियान जारी राख्ने छु ।’ उनले नव निर्वाचित प्रतिनिधि तथा प्रदेश सभाका सदस्य दुर्गाबहादुर रावत, कुर्मराज शाही र महेन्द्र बहादुर शाहीलाई हार्दिक बधाई सहित कार्यसफलताको शुभकामना समेत दिएका छन् ।