रोल्पाबाट बर्षमान पुन विजयी

640
views

रोल्पा, २४ मंसिर । रोल्पाबाट प्रतिनिधिसभाको उम्मेदवार रहेका माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ दोब्बर बढी मतान्तर सहित विजयी भएका छन् ।

वामगठबन्धनबाट उम्मेदवार वनेका पूर्व अर्थमन्त्री समेत रहेका अनन्त प्रत्यासी सिंचाई राज्यमन्त्री अमरसिंह पुनमगर भन्दा २० हजार ७ सय ४१ बढी मतले विजयी भएका हुन् । नेता अनन्तले ४० हजार ६ सय ४७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एवं नेपाली कांग्रेसका सभापति अमरसिंहले १९ हजार ९ सय ६ मत ल्याए । रोल्पाका प्रदेश सभा तर्फ माओवादी केन्द्रकै नेता कुलप्रसाद केसी र दिपेन्द्र कुमार पुनमगर विजयी भएका छन् ।