नुवाकोटमा बामगठबन्धनका सबै उम्मेदवार विजयी

557
views

नुवाकोट, २४ मंसिर । नुवाकोट क्षेत्र न २ मा बामगठबन्धन विजयी भएको छ । नुवाकोट क्षेत्र २ प्रतिनिधिसभा बाम गठबन्धन एमालेका उम्मेदवार नारायण खतिवडाले ३६ हजार ८९२ मत प्राप्त गरी विजयी भएका छन् । उनका प्रतिद्वन्दी नेपाली काँग्रेसका अर्जुन नरसिंह केसिले २६ हजार ३३५ मत प्रप्त गरेका थिए ।

नुवाकोट क्षेत्र न २ को प्रदेश सभा ‘क’ मा बाम गठबनधनका केशवराज पाण्डे विजयी भएका छन् । पाण्डेले २० हजार ९ मत प्राप्तगरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका जगदीश नरसिंह केसीले १२ हजार सातसय २९ मतमा चित्त बुझाउनुप¥यो ।

प्रदेशसभा ‘ख’ मा पनि बाम गठबन्धनले जितेको छ । बाम गठबन्धन माओवादीका नेता हिरानाथ खतिवडाले १७ हजार ६२ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका जगत बहादुर तामाङले १४ हजार ५२ मत प्राप्त गरेका छन् ।

नुवाकोट क्षेत्र नं १ बाट संयुक्त बाम गठबन्धन माओवादी केन्द्रका नेता हित बहादुर तामाङले १८ हजार १३७ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महत २७ हजार ९२० मत प्राप्त गरी पराजित भएका छन् ।

नुवाकोट क्षेत्र नं १ को प्रदेश सभा ‘ख’ मा बाम गठबन्धनका राधिका तामाङले १८ हजार १३७ मत प्राप्त गरी विजयी भएकी छिन भने उनका प्रतिष्पर्धी महेन्द्र थिङले १३ हजार ३६८ मत प्राप्त गरेका थिए । प्रदेश सभा ‘ख’ मा बाम गठबन्धनकै बद्रि मैनाली २० हजार ५०९ मत प्राप्त गरी जित हासिल गरेका छन् उनका प्रतिष्पर्धी नेपाीकाँग्रेसका रमेश महत १२हजार २१७ मतमा चित्त बुझाएका थिए ।