जनवादी गणतन्त्र चीनले चन्द्रमामा रोबोट स्टेसन स्थापना गर्ने

619
views

काठमाडौं । जनवादी गणतन्त्र चीनले चन्द्रमामा रोबोट स्टेसन बनाउने घोषणा गरेको छ । पृथ्वीको एकमात्र उपग्रहका रुपमा रहेको चन्द्रमामा व्यापक अन्वेषण, अनुसन्धान र प्रयोगकका लागि चीनले चन्द्रमामा रोबोट स्टेसन स्थापना गर्ने भएको छ । ग्लोबल टाइम्सको विवरण अनुसार चीनले साङ्घाईमा भएको एक अन्तर्राष्ट्रिय गोष्ठीमा सो घोषणा गरेको हो । चीनले यो स्टेसनको प्रयोग अन्र्तरिक्षको जटिल अनुसन्धान तथा प्रयोगमा गरिने बताएको छ ।
मिडिया रिपोर्टका अनुसार विश्लेषकले एक रोबोट स्टेसनको निर्माणले आगमी दिनमा चन्द्रमाको भूगोलको विषयमा अनुसन्धान अघि बढाउन सहयोगी हुने र अहिले चन्द्रमाको विवारण पाउन प्रयोग गरिने उपकरणको तुलनामा निकै प्र।भावकारी हुनेछ । यो स्टेसनले पृथ्वीमा चन्द्रमाको ढुंगा ल्याउँदा लाग्ने लागत निकै कम हुने अपेक्षा गरिएको छ । आजको गोरखापत्र दैनिकबाट