निर्देशक हार्वीमाथि चर्चित हलीउड अभिनेत्री सलमाको यौन उत्पीडनको आरोप

899
views

काठमाण्डौ, २८, मंसिर । हलीउडमा चर्चाकी अभिनेत्री सलमा हायेकले हलीउड निर्माता तथा निर्देशक हार्वी वाइनस्टिनले आफुमाथि यौन उत्पीडन गरेको र मार्ने धम्की दिएको बताएकी छिन् ।

अभिनेत्री सलमा हायेकले न्यूयोर्क टाइम्स पत्रिकामा मार्फत हार्वीले आफुलाई मार्ने धम्की दिएको आरोप लगाएकी छिन । हलिउड सिनेमा जगतमा निर्माता निर्देशक हार्वी माथि धेरै प्रश्न उठदै आएका छन ।

यसअघि रोज मैकगोवन, एंजेलीना जोली र ग्वीनेथ पाल्त्रो लगायत दर्जनौ हलीउड अभिनेत्रिहरुले हार्वी माथि यौन उत्पीडनको आरोप लगाएका थिए । हार्वीले सहमति बिनाको यौन सम्बन्धलाई अस्वीकार गरेका छन ।

हार्वी वाइनस्टीन

मेक्सिको मुलकी ५१ बर्षिय अमेरिकी अभिनेत्री सलमाले भनेकी छन ‘हार्वी वाइनस्टिनसंग काम गर्ने जीवनकै ठूलो सपना थियो उनी त यौन अत्याचारी मात्र नभई रिसाहा दानव रहेछन।’

सलमाले हार्वीमाथि दर्जनौ आरोप लगाएकी छिन । उनले न्यूयोर्क टाइम्समा भनेकी छिन कि ‘हार्वीसंग काम गर्दा गर्दै अत्याचारको सिमा नाघ्यो अनि मैले उनका सबै प्रस्ताव अस्वीकार गर्दै गए जस्तो की – संगै नुहाउनु, मसाज गर्नु, अप्राकृतिक मैथुन गर्नु आदी । हार्वीले अधिकांश सिनेमामा ‘न्यूड सिन’का लागि बाध्य पार्ने गरेको पनि सलमाले बताएकी छिन । इमेजखबरबाट