पद्मिनीको प्रेमकथाले भारत तरंगित

859
views

काठमाण्डौ, २९, मङ्सिर । चौधौं शताब्दीकी एक काल्पनिक रानी पद्मिनीको प्रेमकथाले भारत तरंगित बनेको छ । सुफी कवि मलिक मोहम्मद जयसीले सन् १५४० मा लेखेको महाकाव्य पद्मावतमा आधारित रही निर्देशक सञ्जयलीला भन्सालीले बनाएको फिल्म हो पद्मावती । पौराणिक पात्र रानी पद्मिनी र राजा रतन सेनको प्रेम गाथामा टुर्को–अफगान मुस्लिम शासक अलाउद्दिन खिल्जीको प्रवेशले जसै महाकाव्य रसिलो बन्यो, त्यही प्लट यतिबेला भन्सालीका लागि टाउको दुखाई बनेको छ ।