एक खर्ब लगानी गर्न लागेका दुई कम्पनी फिर्ता हुँदै

678
views

काठमाडौं । करिब एक खर्ब रुपैयाँ बराबरको प्रत्यक्ष बैदेशिक लगानी (एफडीआई) को स्विकृति पाइसकेको दुई उद्योग फिर्ता हुने भएका छन् ।
करिब ५५ अर्ब रुपैयाँ लगानी स्विकृति पाएको नाइजेरियन कम्पनी डांगोटे सिमेन्ट र ४० अर्ब स्वीकृति लिएको भारतको रिलायन्स सिमेन्टबीचमै फर्किने भएका हुन् । डांगोटेले सिमेन्ट उत्पादनका लागि खानी नपाएको र रिलायन्सले ‘ब्रान्ड नेम’ नपाएपछि चासो देखाउन छाडेको हो ।
‘रिलायन्स हाम्रो सम्पर्कमै छैन । हामीले लेखेको पत्र समेत वास्ता गरेको छैन,’ लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले भने, ‘डांगोटेले तीन ठाउँमा खानीका लागि प्रतिश्प्रर्धा गरेको थियो तर पाएन । उसले पनि लगानी गर्ने सम्भावना कम छ ।’
उनका अनुसार यी दुवै कम्पनीले लगानीका लागि पुन ः तत्परता देखाए दोहो¥याएर एफडीआईको स्विकृति लिनुपर्ने हुन्छ । लगानी बोर्ड नियमावली, २०६९ अनुसार सार्वजनिक–नीजि साझेदारी (पीपीए) बाहेकका परियोजनाको एफडीआई स्विकृति भइसकेपछि एकवर्षमा परियोजना लगानी सम्झौता (पीआइए) गरिसक्नुपर्नेछ ।
‘पीआइए’ अबधि बढाउनुपर्ने मनासिव कारण देखिएमा बोर्डले १२ महिना नबडाई म्याद थप गर्न सक्नेछ’ संशोधित नियमावलीमा भनिएको छ । आजको कान्तिपुर दैनिकबाट