म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सी विजयी, सिटी शिर्ष स्थानमा

668
views

काठमाडौं, ७ माघ । इङ्गलिस प्रिमियर लिग फुटबल प्रतियोगितामा म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, आर्सनल र चेल्सी विजयी भएका छन् । गएराति भएको खेलमा अंक तालिकाको शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले न्यूकासल युनाइटेडलाई ३–१ ले पराजित गरेको हो ।

त्यसैगरी तालिकाको दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडले बर्न्र्लेलाई १–० ले हराएको छ । तालिकाको तेस्रो स्थानमा रहेको चेल्सीले ब्राइटनलाई ४–० ले पराजित गरेको छ । गएराति भएका अन्य खेलमा आर्सनलले क्रिस्टल प्यालेसलाई ४–१ ले हराउँदा लेस्टर सिटीले वार्डफोर्डलाई २–० र स्टोक सिटीले हडल्सफिल्डलाई २–० ले नै पराजित गरेका छन् ।

एभर्टन र वेस्टब्रोम तथा वेस्टह्याम युनाइटेड र एएफसी बर्नमाउथबीचको खेल भने १–१ गोलको बराबरीमा टुंगिएका छन् । गएरातिका खेलपछि म्यानचेस्टर सिटी ६५ अंकका साथ तालिकाको शीर्ष स्थानमा छ ।

त्यसैगरी दोस्रो स्थानमा रहेको म्यानचेस्टर युनाइटेडको ५३ अंक भएको छ भने चेल्सी ५० अंकका साथ तेस्रो स्थानमा छ । एक खेल कम खेलेको लिभरपुलको ४७ अंक छ । लिगअन्तर्गत आज राति हुने खेलमा साउथ ह्याम्पटन र टोटनह्याम भिड्दै छन् ।