कालिकोटमा भाइरल ज्वरोले महिला र बालबालिका थलिए

688
views

कालिकोट । जिल्लामा फैलिएको भाइरल ज्वरोले महिला र बालबालिका थलिएका छन । जिल्लाको खाँडाचक्रनगरपालिका –२ र ४ मा गरिएको स्वास्थ्य परिक्षणमा ८१४ नजामा भाइरल ज्वरो देखिएको स्वास्थ्यकर्मीको परिक्षणले पुष्टि गरेको छ । ती मध्ये ५११ ज्ना बालबालिका (६२.७७प्रतिशत) रहेका समाजिक अभियान्त वाले विश्वकर्माले जनाए ।
शुक्रबार निमोनियका कारण तीन बालबालिकाको मृत्यु भएको खबर सञ्चारमाध्यमा आएपछि प्रशासन र स्वास्थ्यकर्मीको टोली शनिबार गाउँगाउँमा खटिएको थियो । जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. कौशल अलीले वडा न. २ मा २७० र वडा न. ४ मा ५४४ जना भाइरलको ज्वरोका बिरामी भेटिएको जानकारी दिए । उनले दुवै वडामा भाइरलले महामारीको रुप लिएको बताउँदै बिरामी पर्नेमा अधिकांश बालबालिका रहेका बताए । ‘गाउँमा अवस्था जटिल छ,’ डा. अलीले भने, केन्द्रबाट थप औषधि र स्वास्थ्यकर्मी माग गर्नुपर्ने स्थिति आएको छ । आजको राजधानी दैनिकबाट