जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

2297
views

पर्वत । नेपाल विद्यार्थी संघ गुप्तेश्वर बहुमुखी क्याम्पसका ईकाई सभापति एवं नेपाल विद्यार्थी संघ पर्वतका जिल्ला सदस्य शिशिर शर्मा पौडेलले पर्वतको जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री वितरणि गरेका छन् । पौडेलले फलेवास नगरपालिका–५ खानीगाउँको जनप्रिय प्राथमिक विद्यालयमा अध्ययनरत २७ जना विद्यार्थीलाई कापी, कलम लगायतका शैक्षिक सामग्री उपहार दिएर आफ्नो जन्मदिन मनाएका हुन् ।

पौडेल २५ वर्ष पुरा भई २६ वर्षको लागेको उपलक्ष्यमा शैक्षिक सामग्री वितरण गरेका हुन् । पौडेलले वर्षभरि खाजा र अन्य कामका लागि जम्मा भएको रकम बचाएर जन्मदिनको अबसरमा शैक्षिक सामग्रीमा खर्च गरेको बताए । कार्यक्रममा नेपाल बिद्यार्थी सघ केन्द्रिय उपाध्यक्ष डिल्लिराम सुबेदीले अनावश्यक खर्च गर्ने समाजका बिचमा शर्माले गरेको सामाजिक कार्य प्रेरणादायी भएको बताए ।