स्वराजको आकस्मिक नेपाल भ्रमणः के राजनीतिक सन्तुलन नै हो ?

741
views

काठमाडौं, १६ माघ । भारतीय विदेशमन्त्री सुष्मा स्वराज नेपाल आउने विषयमा परराष्ट्र मन्त्रालय नै अनविज्ञ रहेको पाईएको छ । परराष्ट्र मन्त्रालयका सहप्रवक्ता राम बाबु ढकालले सुरुमा आफूलाई यस बारेमा थाहा नभएको प्रतिक्रिया दिए यो सँगै उनले केहि मिनेटको अन्तरालमा भ्रमण गर्ने पक्का भएपनि भ्रमण तालिका भने बनिनसकेको प्रतिक्रिया दिए । ढकालले भ्रमण तालिकाको बारेमा वर्कआउट भईरहेको बताए ।

स्वराजको यो आकस्मिक भ्रमणका बारेमा भने नेपाल स्थित भारतीय दुतावासले एक विज्ञप्ति जारी गर्दै विदेश मन्त्री स्वराज दुई दिने नेपाल भ्रमणका लागि बिहीबार नेपाल आउन लागेको पुष्टि गरेको छ । विज्ञप्तीमा स्वराजको भ्रमणले दुई देश विचको सम्बन्धमा थप सुधार आउने विश्वास गरिएको छ । भ्रमणका क्रममा स्वराजले विभिन्न राजनीतिक दलका नेताहरुलाई भेट्ने बताईएको छ ।

केपी ओलीको नेतृत्वमा नयाँ सरकार बन्न लागेको अवस्थामा आगामी सरकारसँग सम्बन्ध सुधारको प्रयासस्वरुप भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई विशेष दुतको रुपमा नेपाल पठाईएको अनुमान गरिएको छ । पछिल्लो समयमा भारतसँग चिसो सम्बन्ध रहेको भनिएका ओलीसँग दुई देश विच आगामी सहकार्यका सम्बन्धमा छलफल गर्ने दुतावास स्रोतले बताए पनि स्वराजको आकस्मिक भ्रमण नेपालको राजनीतिक सन्तुलनमा प्रभाव पार्ने हिसाबले पनि जोडिएको भनिएको छ ।