मोदी गाउँपालिकामा माके र एमालेका कार्यकर्ता नेकपामा प्रवेश

740
views

पर्वत, १६ माघ । मोदी गाउँपालिकाबाट माओवादी केन्द्र र एमालेका दुईजना कार्यकर्ता नेकपामा प्रवेश गरेका छन् । माओवादी केन्द्रका विष्णु बस्याल र एमालेका दुर्गा बहादुर नेपाली नेकपामा प्रवेश गरेका हुन् ।

नव प्रवेशीलाई नेकपाका धौलागिरी व्युरो ईनचार्ज ध्रुव घिमिरे ‘विप्लव’, प्रकाशजंग लामिछाने र जिल्ला सेक्रेटरी भिम बहादुर हमाल ‘अल्बर्ट’ले स्वागत गरेको हमालले बताए ।

मोदी गाउँपालिकाबाट नेकपाले शुरु गरेको एकिकृत जनजागरण तथा भण्डाफोर अभियानका क्रममा पार्टी प्रवेश गरेको हमालको भनाइ छ ।