घाँडो संघीयताः खर्चको दायरा नघटाए धान्नै कठिन–महत

720
views

मोरङ । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा.रामशरण महतले खर्चको दायरा नघटाए मुलुकले संघीयता धान्न कठिन पर्ने चेतावनी दिएका छन् । नेपाल प्रेस युनियन मोरङले बिराटनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले प्रदेशहरुलाई प्रशासनिक खर्च कम गर्न र श्रोतको खोजि गर्न सल्लाह दिए । यदि खर्च बढ्दै जाने र श्रोतको खोजि नगर्ने हो भने संघीयता अप्ठ्यारो पर्छ । उनले भने, उपभोग क्षमता नबढाई श्रोत खोजी गर्नु आवश्यक छ ।

पूर्बअर्थमन्त्री समेत रहेका महतले पार्टी महासमितिको बैठक चाडो बस्नुपर्ने र पार्टीको बिधानलाई संशोधन गरी नयाँ संरचना अनुरुप महाधिबेशन गर्नुपर्ने धारण पनि राखे । भारतीय बिदेशमन्त्री सुष्मा स्वराजको भ्रमणका सम्बन्धमा पत्रकारको जिज्ञाषा उनले दुबै छिमेकी मुलुक बीच भ्रमण भइरहने भएकाले टिकाटिप्पणी गरिरहन आवश्यक नरहेको बताए ।

दुई छिमेकी मुलुकबीच बिदेशमन्त्री मात्रै होइन प्रधानमन्त्री समेत भ्रमण हुन्छ । उनले भने, भारतीय बिदेशमन्त्रीको भ्रमणलाई लिएर अनावश्यक छिकाछिप्पणी गर्नु उचित नहुने उल्लेख गरे । नेता महतले जुनसुकै सरकार आए पनि भारत र चीनसंग सन्तुलित सम्बन्ध राखेर अगाडी बढ्नुपर्नेमा जोड दिए ।