परराष्ट्र नीति पुनरावलोकन कार्यदलले बुझायो प्रमलाई प्रतिवेदन

985
views

काठमाण्डौ, २५ माघ । उच्चस्तरीय परराष्ट्र नीति पुनरावलोकन कार्यदलले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको छ । कार्यदलले बनाएको आफ्नो अन्तिम प्रतिवेदन प्रधानमन्त्री देउबालाई बुझाएको हो । नेपालको संविधानमा व्यवस्था भएको निर्देशक सिद्धान्त तथा परराष्ट्र नीतिका आधारभूत मूल्य र मान्यतालाई कायम राख्दै नेपालको सर्वोपरी राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति कस्तो हुनु पर्छ भन्ने सुझाव दिन तत्कालिन परराष्ट्र मन्त्रि प्रकाश शरण महतको संयोजकत्वमा यो कार्यदल बनेको थियो ।