जनतासँग गरेको बाचा जनताकै काम गरेर पुरा गर्छु–सभामुख अधिकारी

630
views

पर्वत । प्रदेश नम्बर ४ का सभामुख नेत्रनाथ अधिकारीले निर्वाचनमा जनतासँग गरेका बाचा जनताकै काम गरेर पुरा गर्ने बताए । उनले भने ‘घरदैलो कार्यक्रममा जनतासँग गरेका जुनकुनै बाचाहरु पुरा गर्न प्रतिबद्ध रहेको छु ।’ उनले पर्वत जिल्लाको मात्रै नभइ समग्र प्रदेशको समृद्धिको लागि आफुलाई जिम्मेवारी आएको बताए ।

प्रदेश सरकार, केन्द्रिय सरकारमार्फत प्रदेशको विकास गर्न कहिँकतै नचुक्ने उनको भनाई थियो । अधिकारीले जिल्लाको विकासको लागि लागि परेको बताउँदै सहकार्य र सहयोगले मात्र विकास सम्भव रहेको उललेख गरे ।

अधिकारीले प्रदेश ४ को फागुन २१ मा बस्ने बैठकले प्रदेशको राजधानी, प्रदेशको नामकरणका विषयमा छलफल हुनसक्ने बताए । उनले केही दिनमा मन्त्रीमण्डल विस्तारले पूर्णता पाउने बताए ।