दसैँअघि मेलम्चीको पानी काठमाडौँका घर–घरमा

671
views

काठमाण्डौ । खानेपानी तथा सरसफाईमन्त्री विना मगरले दसैैंअघि नै काठमाडौँका जनताको घरघरमा पु¥याउने प्रतिवद्धता व्यक्त गरेकी छन् ।

मन्त्री मगरले ‘कम्तीमा पनि दसैँअघि नै मेलम्चीको पानी काठमाडौँका घर–घरमा र्पुयाउने स्पिरिटका साथ काम गर्दैछौं’, उनले भनिन्, ‘मैले सोही अनुसार मातहतका निकायलाई निर्देशन दिएकी छु, काठमाडौंवासीलाई आशावादी हुन आग्रह गर्छु ।’

बुधवार रिपोर्टर्स क्लब नेपाललेको साक्षात्कारमा बोल्दै मन्त्री मगरले संविधानको धारा २५ ले नै मौलिक हकअन्तर्गत स्वच्छ खानेपानीको कल्पना गरेकोले खानेपानी जनतासँगै प्रत्यक्ष जोडिएका विषय भएको बताइन् ।

आफूले कडा रूपमा मेलम्चीबाट छिटोभन्दा छिटो काठमाडौँ भित्रिने मुख्यद्वारा रहेको सुन्दरीजलसम्म पानी ल्याउने गरी निर्माण अघि बढाउन निर्देशन समेत दिएको उनको भनाई थियो ।

साक्षात्कारमा बोल्दै उनले २५ दिनभित्रै मेलम्चीको पानी सुन्दरीजलमा (मुख्य र अन्तिम द्वार) ‘ब्रेक–थ्रु’ गर्ने विश्वास निर्माण कम्पनीले दिएको पनि स्पष्ट पारिन् ।