लोक दोहोरीमा जमेका जिसीको ‘भेट हुँदा ठिक्क’ (भिडियो सहित)

1039
views

पर्वत । पछिल्लो समय नेपाली लोक दोहोरी क्षेत्रमा जमेका पुराना कलाकारहरुलाई नयाँ कलाकारहरुको आवजले पछि पारिरहेको छ । नयाँ कलाकारहरुको स्वर, शब्द र नेपाली जमातको आधुनिक परिवेशले नयाँ कलाकारहरु जम्ने अवसर पाएका छन् ।

यस्तै म्याग्दी जिल्ला मंगला गाउँपालिकाबाट सांगितिक क्षेत्रमा उचाई बनाएका लोक गायक ध्रुव जिसी आफ्नो सिर्जनालाई अर्वाडको दाबेदारका रुपमा प्रस्तुत गर्न समेत सफल बनेका छन् । ‘तिमीसँग बसेको दिल’ भन्ने गित राष्ट्रिय राप्ती अर्वाड र म्युजिक नेपाल अवार्डको टप पाँचमा पार्न सफल बनिरहेका बेला जिसीले फेरी अर्को नयाँ गित स्रोता दर्शकमाझ पस्केका छन् ।

माया प्रेममा आधारीत गितहरु गाएर निकै चर्चा कमाएका जिसीले पछिल्लो समय मौलिक लोक गित ‘भेट हुँदा ठिक्क’ बजारमा ल्याएका हुन् । ईन्डियन आर्मीको जागिरबाट रिटायर भएका जिसीले एक दर्जन गितहरु बजारमा आईसकेको बताउँछन् ।

जिसीले स्रोता दर्शकको मायाले राष्ट्रिय उचाई पाएको बताउँछन् । उनी भन्छन् ‘माया प्रेममा आधारित मैले गाएका धेरै गितहरु बजारमा हिट भए, साथै भर्खरै बजारमा आएको ‘भेट हुँदा ठिक्क’ ले पनि चर्चाको शिखर चुम्ने आशा गरेको छु ।’

‘भेट हुँदा ठिक्क’ लोक गितमा राष्ट्रिय रुपमा ख्याती कमाएका लोक दोहोरी क्षेत्रकै हस्ती मानिने कलाकार कस्तुप पन्तको शब्द संगितमा रहेको ‘भेट हुँदा ठिक्क’मा ध्रुव जिसी र पूर्णकला विसीले स्वर दिएका हुन् ।

गितमा मोडल किङका रुपमा मानिएका कलाकार शंकर विसी र साथमा करिश्मा ढकालले अभिनय गरेका छन् । उक्त गितलाई सारथी म्युजिकले बजारमा ल्याएको छ ।