यी हुन् सिरिया आक्रमणमा प्रयोग भएका अमेरिकी हतियार

1072
views

एजेन्सी । शनिबार सबेरै अमेरिकाले आफ्ना सहयोगीहरु बेलायत र फ्रान्सलाई साथ लिएर सिरियामाथि क्षेप्यास्त्र आक्रमण र्गयो। त्यसअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्मार्ट’ क्षेप्यास्त्र प्रहार गर्ने बताइसकेका थिए ।
सिरियामा अमेरिकी गठबन्धनले कस्तो हतियार प्रयोग गर्यो त ?

बेलायती टोर्नाडो
बेलायतले ‘स्टोर्म स्याडो’ क्षेप्यास्त्र भएको चार ओटा टोर्नाडो लडाकु जेटबाट आक्रमण गरेको थियो। अमेरिकी रक्षा मन्त्रालयका अनुसार पूर्वी भूमध्यसागरस्थित साइप्रसमा रहेको शाही हवाइ सेनाको शिविरबाट ती जेट उडेका थिए र तिनले सिरियाको होम्सलाई निसानामा पारेका थिए ।

जेटबाट प्रहार गरिएका ‘स्टोर्म स्याडो’ क्षेप्यास्त्रले ४ सय किलो वारहेड बोक्ने गर्दछ, जसले करिब ४ सय किलोमिटर परसम्म मार हान्न सक्छ। त्यसैले सिरियामा प्रवेश नगरिकनै यसले त्यहाँ आक्रमण गर्न सक्छ।

फ्रान्सेली राफेल
सिरिया आक्रमणमा फ्रान्सले राफेल विमान प्रयोग गरेको राष्ट्रपतिको इम्यानुएल म्याक्रोनले जनाएका छन्। फ्रान्सेली रक्षामन्त्रीका अनुसार ती विमान फ्रान्सबाटै सिरियातर्फ उठेका थिए। तर बेलायती विमानजस्तै यो विमान पनि आक्रमणका लागि सिरियाभित्रै पुगिरहनु पर्दैन, परैबाट क्षेप्यास्त्र प्रहार गर्न मिल्छ।

अमेरिकी बी–१ वमवर्षक
अमेरिकाले सिरियामा आफ्ना बी–१ बमवर्षक विमानबाट आक्रमण गरेको थियो। तर उसले कुन हतियार प्रयोग गरेको थियो भन्ने जानकारी दिएको छैन। यद्यपि बी–१ विमानले आकाशबाटै प्रहार गर्न मिल्ने जेएएसएसएम क्षेप्यास्त्र बोक्न सक्छ।

अमेरिकाले आफ्ना विमान कहाँबाट उडेको थियो, त्यो पनि बताएको छैन। तर यसै महिना ती विमान कतारस्थित अमेरिकी सैन्य अखडा र्पुयाइएको थियो।

गाइडेड मिसाइल डिस्ट्रोयर
अमेरिकाको रेड सीमा रहेको कम्तीमा एउटा युद्धक जहाजले सिरिया आक्रमणमा हिस्सा लिएका रक्षा मन्त्रालय स्रोतलाई उल्लेख गर्दै सिएनएनले जनाएको छ।

तोमाहक क्षेप्यास्त्र
यसपटक आफूहरुले प्रहार गरेको क्षेप्यास्त्रबारे नबताए पनि अमेरिकाले पहिले यस्ता आक्रमणहरुमा तोमाहक क्षेप्यास्त्र प्रयोग गर्ने गर्दथ्यो। एक वर्षअघि पनि ट्रम्प प्रशासनले यसै क्षेप्यास्त्रमार्फत् सिरियामा आक्रमण गरेको थियो।

बी १बी विमान

अमेरिकी मात्र होइन, बेलायत युद्धक जहाजहरुले पनि यो क्षेप्यास्त्र प्रयोग गर्छन्। कम उचाइमा उड्न सक्ने तोमाहकको निसाना उडानकै क्रममा परिवर्तन गर्न समेत सकिन्छ। बुस्टर नभएको तोमाहक क्षेप्यास्त्र ५.५ मिटर तथा बुस्टर भएको ६.२५ मिटर लामो हुन्छ। यसको मारक क्षमता १२५० देखि २५०० मिटर हुन्छ। पहिलो पटक यसलाई १९९१ मा प्रयोग गरिएको थियो। यसले ४५० किलोग्रामभन्दा बढी विस्फोटक वारहेड बोक्नसक्छ। एजेन्सी