दिल्ली डेयरडेभिल्स कोलकातासँग ७१ रनले पराजित

644
views

काठमाडौँ, ४, बैशाख । इन्डियन प्रिमियर लिग आईपिएल क्रिकेटमा दिल्ली डेयरडेभिल्सको खराब लय जारी छ । गएराति भएको खेलमा दिल्लीलाई कोलकाता नाईट राईडर्सले ७१ रनले हरायो ।

कोलकाताको इडन गार्डेनमा भएको खेलमा पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धा्रित २० ओभरमा ९ विकेट गुमाएर २ सय रन जोड्यो । कोलकाताका लागि नितिश रानाले ५९ रन तथा आन्द्रे रसेलले १२ बलमा ४१ रन जोडे ।

जवाफमा २ सय १ रनको लक्ष्य पछ्याएको दिल्ली १५ औं ओभरमा १ सय २९ रनमै अलआउट भयो । दिल्लीका ग्लेन म्याक्सवेलले ४७ रन तथा रिसभ पन्तले ४१ रन जोड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् ।

दिल्लीलाई सस्तैमा समेट्न कोलकाताका सुनिल नारेन र कुलदिप यादवले ३र३ विकेट लिए । जितसँगै कोलकाता अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।