बुटबलमा देजमोको २५ सदस्यिय प्रदेश समिति निर्वाचित

934
views

बुटवल । नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको ५ नम्बर प्रदेशको भेलाले के बी गुरूङको अध्यक्षतामा २५ सदस्यीय समिति निर्वाचित गरेको छ ।

भेलाले देजमो नेपालको प्रदेश सचिवमा कुमार शाह निर्वाचित भएका छन् । त्यसैगरी उक्त भेलाले ३ सदस्य पछि थप्ने गरी २५ सदस्सीय कमिटी गठन गरेको छ । मोर्चाको पहिलो बैठकले अध्यक्ष गुरूङ र सचिव शाही सहित, नरेन्द्र बन्जाडे, राम्रो प्रसाद पोखरेल, महाजित थारू काँदर गरी ५ सदस्सीय सचिवालय समेत गठन गरेको छ ।

त्यसैगरी देजमो नेपालको ५ नम्बर प्रदेश सदस्यमा भक्तराज काफ्ले, धनबिर थारू, धन बहादुर शाही, नरेन्द्र बन्जाडे, शुशिला आचार्य, दिलाराम घर्ति, पदम लामिछाने, केशव अधिकारी, अमर बिक, आरति शर्मा, भगिरथ पराजुली लगायत निर्वाचित भएका छन् ।

भेलालाई सम्बोधन गर्दै देजमो नेपाल ५ नम्बर प्रदेशका अध्यक्ष गुरूङले आफुले पाएको जिम्मेवारीलाई कुशल रूपमा निर्वाह गर्ने प्रतिबद्धता जनाए । अध्यक्ष गुरूङले दलाल र भ्रष्टहरूका बिरूद्ध जनकारवाही कार्यक्रमको नेतृत्व देजमोले गर्ने बताए ।

उनले सीमा क्षेत्रको निरिक्षण र अनुगमन लगायत राष्ट्रियताका विषयमा देजमोले आफ्नो काम कारवाही गर्ने तयारी रहेको बताए ।

त्यसैगरी उक्त कार्यक्रममा सम्बोधन गर्दै क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा ५ नम्बर प्रदेश सेक्रेटरी प्रेम सुवेदीले सीमा क्षेत्रमा भारतले गर्दै आएको हस्तक्षेपका विरुद्ध सबै राष्ट्रवादी शक्तिहरूले संगठित आन्दोलन गर्नुको विकल्प नभएको बताए ।

उक्त भेलामा शुभकामना मन्तव्यको क्रममा क्रान्तिकारी पत्रकार महासंघका केन्द्रीय कार्यालय सदस्य लोकराज जैसीले पत्रकारले पार्टीका कार्यक्रमका साथै सामाजका बेथिति अन्यायको विषयमा समाचारहरू लेख्नु पर्ने धारणा राखें ।

उक्त भेलामा अखिल नेपाल महिला संघ क्रान्तिकारीकार्यक्रम केन्द्रीय सदस्य शुशिला आचार्य, पार्टीका पूर्व केन्द्रीय सल्लाहकार समिति सदस्य मानध्वज, पार्टी केन्द्रीय सदस्य जीवराज लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

भेलामा पार्टीका केन्द्रीय सदस्य सङ्कुल, पहाड लगायतको समेत आतिथ्यता रहेको थियो। उक्त कार्यक्रम अनेमसंघ क्रान्तिकारीका केन्द्रीय सदस्य तेज कुमारी पुनले सञ्चालन गरेका थिए ।