सनराईजर्स हैदरावादसँग मुम्बई इन्डियन्सको हार

1061
views

काठमाडौँ, १२, वैशाख । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति सनराईजर्स हैदरावादले मुम्बई इन्डियन्सले हार व्यहोरेको छ । मुम्बईको वाङ्खडे रंगशालामा १ सय १९ रनको झिनो चुनौती पछ्याएको घरेलु टोली मुम्बई ८७ रनमै समेटिएपछि पाहुना टोली हैदरावाद विजयी भएको हो ।

खेलमा हैदरावादका सिद्धार्थ कौलले ३ तथा रसिद खान र बसिल थम्पुले २ र २ विकेट लिए । मुम्बईका सुरुवाती ब्याट्सम्यान सूर्यकुमार यादवले ३४ रन तथा क्रुनाल पाण्डेले २४ रन जाड्नुबाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

खेलमा पहिलो व्याटिङ गरेको हैदरावादले केन विलियाम्सन र युसुफ पठानको समान २९र२९ रनको मद्दतले १८ ओभर ४ बलमा अलआउट हुनुपूर्व १ सय १८ रन जोडेको थियो । आइपीएल क्रिकेटमा आज राति रोयल च्यालेन्जर्स बैंङ्लोर र चेन्नई सुपर किङ्स भिड्नेछन् ।