क्रान्तिकारी युवा लिगको मार्चपास-महासचिव वैद्यले संबोधन गर्दै

1768
views

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)को युवा संगठन क्रान्तिकारी युवा लिग, नेपालले आज वृहत् युवा मार्चपासको आयोजना गरेको छ । लिगको ३ नं. प्रदेशले आयोजना गरेको युवा मार्चपासलाई क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य‘किरण’ले सम्बोधन गर्दै हुनुहुन्छ ।

दिनको १ बजेबाट काठमाडौं रत्नपार्कको खुल्लामञ्चबाट नारा जुलुससहित क्रान्तिकारी युवाहरुको मार्चपास बागबजार, पुतलीसडक, पद्मोदयमोड, प्रदर्शनीमार्ग, सुन्धरा, न्यूरोड हुँदै इन्द्रचोकमा पुगेर सभामा परिणत हुनेछ ।

युवा मार्चपासमा उपत्यका लगायत ३ नं. प्रदेश अन्तर्गतका जिल्लाहरुबाट हजारौं युवाहरु सहभागी हुने आयोजकहरुले बताएका छन् ।