शहीद स्मारक वोर्डिङलाई कार्वाहीको माग

2833
views

पर्वत । शिक्षाको नियमवाली तथा निर्धाण मापदण्ड विपरित टहरा बनाउँदै छिमेकी विद्यालयसँग स्विकृति नलिईकन विद्यालय सञ्चालन गरेको भन्दै शहीद स्मारक अंग्रेजी आवासिय माद्यमिक विद्यालयका विरुद्ध उजुरी परेको छ ।

कुश्मा नगरपालिकाको वडा नं ५ मा सञ्चालित शहीद स्मारक अंग्रेजी आवासिय माद्यमिक विद्यालयलाई वडा नं ६ मा स्थानान्तरण गर्दा शिक्षा नियमावली विपरीत भएको भन्दै अन्य संस्थागत विद्यालयले कार्वाहीको माग गरेका हुन् ।

शहीद स्मारकले अभिभावकलाई अमर्यादित रुपमा लोभलालच दिने, विद्यार्थीलाई कपडा तथा अन्य सामाग्रहीहरु वितरण गरी आर्कषण गर्ने लगायतका कार्यहरु गरी शैक्षिक मर्यादालाई खलबल्याउने काम गरेको भन्दै कुश्मा नगरपालिकामा उजुरी दर्ता गराएका हुन् ।

नमुना आवासिय मावि, कालिगण्डकी एकेडेमी, राष्ट्रिय वाल शिक्षा सदन र गुरुकुल एकेडेमीले नगरपालिकाको सामाजिक विकास समिति वडा नं ५ र वडा नं ६, नगरशिक्षा अधिकृतको कार्यालयमा कार्वाहीको माग गर्दै उजुरी दिएका हुन् ।

उजुरीमा उक्त विद्यालयले शिक्षाप्रति वितृष्णा जगाएको, अभिभावको भावना र ईच्छा विपरित बालबालिकाको भविश्यमा मनोवैज्ञानिक नरात्मक दबाब दिने र नवौ शिक्षा नियमावली ऐन विपरित स्थानीय तहसँग स्विकृति नलिई विद्यालय स्थानान्तरण गर्ने कार्यको छानविन गरी कार्वाही गर्न निवेदन दर्ता गराएका हुन् ।